Posted by: rakkshash March 17, 2007
तहल्का डट कम
Login in to Rate this Post:     0       ?        
हिमाल खबर पत्रीकाले गत हप्ताको अंकमा सर्बोच्च अदालतका प्रधान न्यायाधिश समेत सम्लग्न रहेको घुस प्रकरणको टेलिफोन बार्ता रहेको सी डी सार्बजनिक गरेपछि हिजो सर्बोच्च अदालतले न्यायपरीषदका निमित्त सचिब प्रकाश कुमार को अध्यक्षाता मा ३ सदस्यीय छानबिन समिति बनाएको छ । काठमाडौँ महनगर पालेका व डा न १४ स्वयम्भूका राजेश शाक्यको घर जग्गा सम्बन्धि मुद्दा मा सर्बोच्च अदालत का साखा अधिकृत सङ गरेको घूसको बार्गेनिङ्गको टेलिफोन वार्ताको रेकर्ड सीडीमा समाबेश गरीको छ ।सर्बोच्च अदालत का साखा अधिकृत बाबुराम दाहाल ले शाक्य सङ मुद्दाको फैसला गर्न २,५०, ००० घुस मागेको टेलिफोन बार्ता शाक्यले रेकर्ड गरिपछि यो मुद्दा चर्चामा आएको हो । यता घुस लिएका आरोप लागेका शाखा अधिकृत दाहाल लाइ भने सर्बोच्च ले निलम्बन नगरी श्रम अदालत मा सरुवा गर्नुले पनि यो मुद्दा मा दाहाल मात्र होइन , सर्बोच्च का अन्य न्यायाधिस पनि सामेल रहेको आसंका गरिएको छ । हिजो उक्त प्रकरण समन्धमा आयोजित पत्रकार सम्मेलन मा सर्बोच्च का रजिश्ट्रार रामकृष्ण तिमल्सेना ले छानबिन समिति बनाएको जानकारी दिएपनि यो मामेला लाइ हल्का तरिका ले लिदै पत्रिका लेखेको कुरा त हो नि ,भन्ने ब्याबहार देखाउदै खासै चासो देखाएका थिएनन । आज पनि तिमल्सेना ले रेडियो सगरमाथा को आचार बिचार कार्यक्रम लाइ प्रतिकृया दिदै “समाचार तथ्यहिन रहेको र सी डी को बिस्वसनियता प्रति बिश्वास नभएको ” तर्क दिएका छन । अझ उन्ले सी डी क्यारीकेचेर पनि गरिएको हुन सक्ने भन्दै उक्त सी डी मा प्रधानन्याधिस वा अन्य कुनै न्यायाधिश घुस प्रकरणमा सम्लग्न रहेको नदेखिएको ले उक्त छानबिन समिति लाइ न्यायाधिश लाइ सोधपुछ गर्ने र बयान लिने कुनै अधिकार नभएको बताएका छन । “हिमाल खबर ले कुनै कुरा मा पुर्बाग्रही भएर लेखेको समाचार कै आधारमा कसैलाइ पनि कारबाहि गर्न सकिदैन ।”तिमल्सिना ले भने यता उक्त प्रकरण मा घुस दिने राजेश शाक्यले भने रेडियो सगरमाथा को उक्त कार्यक्रम मा आफुले सो घुस प्रकरण को सी डी प्रधानन्याधिस लाइ बुझाएको र उक्त सी डी नक्कली वा झुटो ठहरिए आफु मृत्युदण्ड को सजाय सम्म भोग्न तयार रहेको बताएका छन । आफुले घुस ख्वाएर मुद्दा जित्त्नु भन्दा मुद्दा परेको घर समेत त्यागेर न्यायालय मा भएको भष्ट्राचार को उजागर गर्न उक्त सी डी सार्बजनिक गरेको दाबि गरेका छन । यसै गरि हिमाल खबर पत्रिका का संबाददाता ले पनि आफ्नो रिपोर्ट र स्रोत आधिकारिक रहेको र स्रोत प्रति आफु पुर्ण बिस्वस्त रहेको बताएका छन् । भबिष्यमा पनि न्यायालय मा भएका यस्ता भषट्राचार को पर्दाफास जारी राख्ने बताएका छन । यो टेलिफोन बार्ता एउता सानो अंश मात्र भएको र आफुसंग यस्ता प्रमाण रहेको अन्य सी डी पनि रहेको बताए । पत्रिका मा छपिएको समाचार त हो नि भनेर हल्का रुपमा नलिन र न्यायालय को गरिमा कायम राख्न दोशि लाइ कारबाइ गर्न पनि चुनौति दिएका छन । उक्त प्रकरण को कारबाहि गर्न जिम्मेवारि पाएका प्रकास ढुङाना स्वयम न्याय परिषद को सचिब बन्ने दौडमा सामेल छन् । अब उन्ले प्रधान न्यायाधिश माथि के अनुसन्धान गर्लान् र ? यो प्रकरण को निस्पक्ष छानबिन र कारबहि हुन नसक्ने देखिएको छ । नेपालको न्यायलयमा मा एउटा यस्तो दलालि कर्मचारी समुह सकृय छ , त्यो समुह ले मैले फलानो न्यायाधिश चिनेको छ , यति पैसा दिने भए मुद्दा जिताइ दिन्छु भन्दै मुद्दा का दुबै पक्ष संग पैसा माग्ने गर्छन् बास्तब मा यिनिहरुको पहुच भने न्यायाधिस समक्ष हुदैन र जब मुद्दा को फैसला हुन्क्छ , हार्ने पक्ष को पैसा फिर्ता दिन्छन् र बहाना बनाउछन् “मैले कति भने तर “बुढा” मान्दै मानेनन । source:- www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article