Posted by: copycat March 16, 2007
नेपाली शब्दहरु
Login in to Rate this Post:     0       ?        
केहि समय अगाडि साझामा ठेट नेपालि शब्दहरु को चर्चा भएको थियो। त्यहि धागो लाइ आधार मानेर मैले तयार पारेको लिस्ट। Its 'alphabetical' in Nepali. अन्मरिनु : आउनु अर्ग = अर्घ = गोरस द्वारा देवतालाई गरिने अभिनन्दन् अर्सा - चामलको पिठो बाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि अनौ - हलो मा गाडेको समत्ने handle अँगेरी: पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइज को हुन्छ। आट - गाउ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ आंटी= गाउ तिर हुने घर को माथिल्लो तल्ला ! आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका) आने: घ्यु राख्ने काठको भाँडो यो ठीक्क एकमानो जाने हुन्छ। ओहोरा = बनभोज कच्चल: लालटीनको बत्तीबाट निस्केको ध्वाँसो, जुन लालटिनको माथिल्लो भागमा जम्मा भएर बसेको हुन्छ। कन्टक=कम खर्च गरेर वा क्ञ्जुस्याई गरेर जोगाड गर्ने कन्तुर - पैसा राख्ने सानो बाकस कन्दानी = कन्दनी = कम्मर वरिपरि बाधिने धागो, जस्ले लङौटि अड्याऊन मद्दत गर्छ कनसिरी - कनको छेउको भाग कनिका = चामलको मसिनो टुक्रा कमेरो = सेतो रङ को माटो कल्स्यौली: बिहेमा कलश बोक्ने केटी करेसा = बगैचा कस्यौँडी - बाटुलो परेको भात पकाउने बाक्लो भाँडो कालीपोके = कालोपोके= मकैमा हुने विकार अथवा एक प्रकार रोग हो जुन रोग लाग्दा मकैको दाना कालो कुँडे - कुँडो पकाउने वा कतै कतै दूध पकाउने भाँडो कुँडो - गाई भैँसिले खाने पिठो राखेको झोल पदार्थ केलाउनु = तरकरी केलाउनु - अनवसेक कुरा हटउनु। खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ खलाँती - फलाम पोल्ने ठाममा (आरनमा) फुक्ने सधान (छाला बाट बनेको हुन्छ) खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट खँड्यौली‍‍‍ = ‍कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो। खँड्कुलो = ठुलो पानि तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो। खुरा‍ = जुत्ताकोकुर्कुच्चा खेदा = जंगली हात्ति पकड्ने काम गन्धक = बारूद मा हुने एक प्रकारको रसायनिक पदार्थ गट्टे ‍=‍ तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने गाभा - कर्कलाको पात गाभो - धान, कोदो को एक रोपो गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल् गिद्रो = जे को पनि भित्री भाग् गौवा = दहि वा मोहि राख्ने काठको भाँडो घुम = पानि पर्दा ओत लाउने साधन, बास र साल्को पात्ले छाएको हुन्छ घोलटाप्रे - एक किसिमको झार, जडीबूटि चम्काचधुँवा ‍= बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुली को घरमा जग्गे बनौने काम चित्रा = चित्रो = बाँस् बाट बनेको एक् प्रकार् को mat. चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार चिम्टा= आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो ..... चुठुवा : काठको सानो भाँडो, चुक अमिलो राख्न प्रयो गरिने चुठुवा - चुठ्ने थाउ, एक प्रकरर्को पित्तलको बाटा जस्तै त्यसमा पहुन व ठूला-ठालु लाइ हात्-खुट्टा धुने भाडो । चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला चौँठे = आने भन्दा अलिक अग्लो र साँगुरो काठको भाँडो जुन चुक राख्न प्रयोग हुन्छ। च्याख्ला-- मकैको चामल, मकै वा गहुँको खस्रो पीठोलाई नि च्याख्ला भन्छ छयापी =दुङ्दुङे = एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ जोतारो: जुवा र हलोलाई बावध्ने छाला बाट बनेको डोरी, जुवा र गोरुलाई बाँध्ने डोरी झाँझर ‍= प्वालै प्वाल भएको पन्यौं ट्यामी - aluminum को घिउ, दूध बोक्ने भाँडो टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिज को छेउ वा कुनो; चुच्चो टोलुग् - महि रख्ने ठुलो ठेकी। has same diameter from the top to bottom टौवा: पराल राख्न बनाइने टाँड ठेकी : दही मथ्ने काठको भाँडो, मही रख्ने अथवा दहि रख्ने काठको भडो ढुङ्री - आगो फुक्ने tube तगारो - अगनमा gate को ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा। तसेली- बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass तारिको - खाँबो र दलिन बीचमा राखिने काठ (खाँबोमा दलिनको लोड ट्रान्सफर गर्ने) तुर्नु - सकाउनु थाप्लो - टाउको थुतुनो - मुख दलीन = घरको पहिलो तल्ला अड्याउने काठ दाप - खुकुरी राख्ने case दाँदे: बिशेष गरि बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको औजार दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि धरान - काठ काट्ने, आरा लाउने ठाँउ धुर्सूल = एक प्रकार को बुट्यान हो जुन तराई भेगमा पाईन्छ । यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजा को लागी प्रयोग हुने । धूरी - छानो नल - कोदोको डाँठ नारा= जुवा र हलोलाई बाध्ने छाला बाट बनेको डोरी नीदाल - तलो छाप्दा प्रयोग भएको ठुलो रुखको मुढो पक्कु - मासु मासु छनेर पकाएर रखिने एक परिकार पगटो= पोहोटो = चामल न लागेको धान पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाट बाट पनि निकालिन्छ। पट्याँस =पटेस= नाङलो पन्चपाला : बिशेषत पुजामा प्रयोग हुने सानो तामाको पानी राख्ने पाँच-खोपा भएको भाँडो पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग पाँजा - धान काट्ने बित्तिकै सुकाउन फिँजाएर राखेको पुल्ठी = सलेदो र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया पेरुङ्गो ‍= परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला फगटो = खेतको हलो नलाग्ने सानो गरो फरिका - सेउला, सिमाली आदि ले बनाएको बार्ने चित्रो। फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई बम्कनु - ब्यर्थमा रिसाउनु बरणी- बिहे गर्दा बेहुली को बाबुले बेहुलो लाई गरिने पुजा बरियो-- नाम्लोको डोरि ढोको बोक्ने बलेनी - धुरिको पानी झर्नेठाँउ बसिला - काठ तास्ने सानो औजार बसुल्ला = बसिला बाकल - बोक्रा सहित को फलेक; निबुवाको बोक्रा बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पती बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ; रोटे-पिङमा हुने क्रस-भाग बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ बिलाउनी: घिउ तताउँदा पिँधमा थिग्रेको चिज, बुत्त्याउनु - सकाउनु बेल्चा - माँटो बोक्ने - फाल्ने साधन बेलौती ---अम्बा भुतभुते - आगो सहित को तातो खरानी भुँडिखोप्रा - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको भाग भुँडिखोप्रा: करङ नेरको खोप्रो मजेत्रो = माहिला हरुले टाउको मा बाँध्ने खास्टो मझेरी - घरको अगेनु भएको छेत्र। मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline) को टुप्पा हरुलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दीरहरुमा यसमा बुट्टा पनि भरेको हुन्छ। मदानो : दही मथ्ने शाफ्ट; मही पार्ने काठको पन्खा मल्खु - खस्रो गरि पिनेको मकै। भात पकाउन न मिल्ने मल्खे: सेल रोटी पकाउँदा लास्टमा रहेको पीठोले सेल घुमाउन नमिल्ने भएको ले यत्तिकै तेलमा खन्याइन्छ अनि मालपुवा जस्तो बन्छ नि, त्यसलाई मल्खे भन्छ। मला- महला ‍= मोहोला= जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा मानी: जाँतोको बीचमा हुने सानो फलामको किला माहुर सेलाउनु - बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा माहुर भन्ने चिज खोलामा बगाउनु। मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा। मुहान् = नदिको उत्पत्ति हुने ठाउ मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने मैजारो गर्नु - गरी सक्नु रछ्यान: फोहर फाल्ने ठाउँ राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार ल = सधै पानी लेग्ने खेत लिप्टी - सानो गुन्द्री (एजजनालाई मात्र पुग्ने) लोहोरो : मसला पिन्ने ढुङ्गा स्याउ = पानी बाट ओतीन पात बाट बनाईएको ओढनी सत्रन्जा - ओछ्यान को सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। सामा: कोदो प्रजातीमा पर्ने झार, धानको जस्तै बाला हुन्छ सिमाली - बारमा लगाइने एउटा बुट्यान । सुर्को - सुर्को पारेर बाध्ने; बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन। सुली - कुखुराको गु , मकैको कुन्यु सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला हलेदो‍‌‌=बेसार ,बेसार को बोट अथवा जमिन मूनि फलेको गानु हतासो - गुन्द्री बुन्दा चहिने काथको सधन हर्पे - घिउ रख्ने काठको भाडो हातो - जाँतोको handle हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने ---
Read Full Discussion Thread for this article