Posted by: once in a while March 16, 2007
Rajabadi ko bijog...hera hera k huna lagyo desh ma
Login in to Rate this Post:     0       ?        
शाही शासनकालमा पार्टीका नेताहरुलाई आधा रातमा अपहरण शैलीमा गिरफ्तार गरेको, कसैलाई घरैमा नजरबन्द गरेको कसैलाई हिरासतमा लिएको जुलुश, भाषण,जस्ता पार्टीका कार्यक्रमहरुमा अघोषित प्रतिबन्ध लगाएको समग्रमा प्रजातंत्रको घांटी निमोठेको, तर अहिले त्यहि साशनकालका मतियार हरु लोकतंत्रको बिरुद्धमा षडयंत्र गर्न एउटा होटेलको कोठामा गोप्य भेला गर्छन, प्रजातंत्र सिध्याउने योजना बनाउछन। जनताले थाहा पाएर उनीहरुलाई कारबाही गर्छन। तर केही बुझक्कडहरु चाहि "उनीहरुलाई प्रजातंत्रीक अधिकार दिन पर्छ" भनेर यहा कुर्लंदा म छक्क पर्छु। प्रजातंतृक अधिकारको प्रयोग प्रजातंत्र जोगाउन हो, कसरी प्रजातंत्र असफल तुल्याउं भनेर षडयंत्रको तानाबाना बुन्न होइन। फेरि यो कुनै पार्टीले गरेको आधिकारीक कार्यक्रम पनि होइन, कुनै नीति पनि छैन। यो जनताको स्वतस्फुर्त करबाही हो, किन पार्टी र प्रजातंत्रलाई गाली? पार्टीहरु र सरकारले त सबैलाई स्पेस् दि हाल्यो नि, रायमाझी आयोगको प्रतिबेदनलाई कार्यन्वयन नगरेर वा नाम मात्रको कारबही गरेर।
Read Full Discussion Thread for this article