Posted by: Rahuldai March 16, 2007
RAJU LAMA IS MISSING ALONG W/HIS BAND MEMBERS IN US!!!
Login in to Rate this Post:     0       ?        
राजु लामा होस् या काजु लामा, हराउनु भेट्टाउनु त जीवन को रीत हो । नौटंकी पात्र हरु धेरै हराए । किन हराए, आ आफ्ना कथा ब्यथा होलान । अमेरिका स्वयं नौटंकीहरुको देश हो । सूर न ताल को केही गीत गाउंदै मा देश को अमुल्य सम्पत्ति मानेर ग्रीन कार्ड दिने देश हो यो । दशौं बर्ष यहाँ पढेर उच्च शिक्षा हासिल गरेर, सम्मान जनक जीवन यापन गर्ने विद्वान महोदय हरुले त्यो सुबिधा पाउंदैन । अर्थ न बर्थ को गीत गाउने र नाङ्गो नाच नाच्ने केही नौटंकी हरु यहाँ सम्मान को पात्र भएको छ र यहाँ का बिद्वत समुदाय आज चिन्तित देखिन्छ । चिन्ता गर्न छोड्नुस्, यस्तै छ यहाँ को चलन । हराउने हराइ रहन्छ, कराउने कराइ रहन्छ । अस्तु!
Read Full Discussion Thread for this article