Posted by: Rahuldai March 15, 2007
NepaliPost and Girish Pokrely got exposed
Login in to Rate this Post:     0       ?        
गिरिश पोखरेल को हुन्, उनको बिगत के थियो, मलाई जानकारी छैन रे पनि केही लेख्दै छु । उनको बारेमा बिद्या देवी बजगाइ नाम ले जस्ले लेखेको भए नि त्यो अतिरंजित र ब्यक्तिगत पूर्बाग्रह् ले पूर्ण बिष वमन जस्तो लाग्यो। त्यस्तो कालो बिगत भएको, ठग, फटाह् भएको भए यो भन्दा धेरै पहिले नै भाण्डाफोर् भै सक्नु पर्ने हो। स्वतन्त्र सामाज् र स्वतन्त्र मेडिया भएको ठाउंमा उनका कथित कालो करतुत लुक्ने थिएन र संभव पनि छैन । जहाँ सम्म प्रायोजित लेख को सवाल छ, त्यसमा भनिएको छ "अ्एरिकाभरीको कुरा छाडौं वासिंगटन डि । सी ।, मेरिल्याण्ड र भर्जिनियामै रहेका बहुमत नेपालीहरुलाई नेपालीपोष्ट र रेडियो दोभानको अत्तो पत्तो छैन । अत्तोपत्तो होस पनि कसरी - नेपालीहरुलाई काम गरेर फर्ुसद नै छैन भने ती मिडियाहरुको जानकारी लिनु पनि जरुरी छैन् । अधिकांस नेपालीहरुसंग कम्प्युटर र इन्टरनेट सेवा नभएका कारण कसैलाई उनीहरुको श्रोता बन्ने रहर पनि छैन् ।" बिल्कुल बकवास् तर्क हो, यो । अ्एरिका को कुरा छाडैं, काठ्माण्डौका अधिकांस परिवार सँग अहिले ईन्टरनेट को पहुंच छ । नेपाल म पनि धेरै ले यो अन लाइन अखबार पढ्छ । ज्ञानेको शासन को कालो रात हरुमा, समाचार पढ्न र सुन्न इन्टरनेट नै प्रयोग हुन्थ्यो र त्यसमानेपाल पोस्ट डट कम पनि पर्दथ्यो । अझ यो साइट सेनाले ब्लक गरे पछि झन ख्याती कमायो । अनेक जुक्ती गरेर त्यो ब्लक गरेको साइट खोल्थ्यौं । यसमानेमा यो साइट कम पपुलर थियो भन्ने झूठ किन लेख्नु परेको होला, बिद्या जी लाई । अर्को कुरा, "नेपालका भ्रष्ट्राचारी, देशद्रोही, बापती, पर्खालमन्त्री, सुत्केरी खर्च खाने पुरुष सांसद, शाही नेपाल बायु सेवा निगम स्वाहा पार्ने आइमाई, कुख्यात मण्डले तर प्रजातन्त्रवादी भनिने कांग्रेस, एमाले लगायतका बेइमान नेताहरु, दरवारका जर्नेल र राजाका दुतहरु अ्एरिका आउँदा तिनलाई बोकी बोकी हिड्ने काम गरेको भरमा नेपाली पोष्ट र रेडियो दोभानको संचालक मैँ हुँ भनी के के न गरेको देखाउने काम मात्र गिरिस पोखरेलले गर्दै आएका छन् ।" माथि का शब्द अलंकारहरुले बिद्याजी को बिचार हरु र गिरिश जी माथिका प्रहार हरु किन र के का लागि भनी पुष्टी हुन्छ जस्तो लाग्यो । लोकतान्त्र शब्द सुन्न चाहनु हुन्न जस्तो लाग्छ । सबै लोकतान्त्रबादी नेताहरु प्रती छडके नजर रहेछ । अर्को कुरा, "मै हु भन्ने अ्एरिका का वेइमान ठग कांग्रेसहरु खगेन्द्र जि । सि ।, आनन्द विष्ट, मृदुला कोइराला, शिव प्रकाश शर्मा, रामहरि सुवेदी, गौतम दाहाल, कृष्ण लामिछानेहरुलाई" गजब छ बा, कांग्रेस जम्मै ठग देख्ने, नजर । आँखा नै खराब हो कि चस्मा गलत्, थाहा भएन । ती माथि लेखिएका नाम हरु मध्य खगेन्द्र जी सी लाई चिन्दछु । नवल परासीबाट निर्बाचित सांसद महेन्द्र ध्वज जी सी का भाइ हुन र अ्एरिकी बिश्व बिद्यालयबाट कानून मा स्नातक गरी वकालत गरी रहेका छन । वकिल भएको ले ठग भनेको भए थाहा छैन । नत्र चिन्ने जान्ने ले उहाँ को सम्मान गर्छन । राम्रो प्रतिष्ठा भएको नेपालीमा गनिन्छन । ती मध्य अर्को ब्यक्ती शिब प्रकाश शर्मा, साझा का नियमित सदस्य हुन । नेपाली साहित्यमा कलम चलाऊछन । हो विचारमा उहाँ पनि प्रजातन्त्रबादी नै हुनु हुन्छ । अब भन्नुस्, प्रजातन्त्रबादी हरु माथि बिष वमन मात्र गर्न लेखिएको प्रायोजित लेख किन न भन्ने? किशोर श्रेष्ठ र अरु पत्रकार सँग कस्तो सम्बन्ध थियो वा थिएन, त्यो मलाई जानकारी भएन ।
Read Full Discussion Thread for this article