Posted by: rakkshash March 15, 2007
झापालीले राजाबादीहरुको राम धुलाइ
Login in to Rate this Post:     0       ?        
सक्रिय राजतन्त्रको वकालत गर्दै आएका राजाबादीहरुको आज फेरी रामधुलाइ भएको छ । रामधुलाइ गर्ने चै परेछन झापाली हरु। झापाको बिर्तामोडमा आज कार्यकर्ता भेट्न गएका रबिन्द्र नाथ शर्मा लगाएतका राजाबादीहरुलाइ सातदल र माओबादीका कार्यकर्ताले कुटपिट मात्र गरेनन , उनिहरु बसेको होटलबाट बाहिर निकालेर बेइज्जति समेत गरे । रामधुलाइ पाउनेहरुमा सर्बश्री(?) रबिन्द्रनाथ शर्मा, शाही साशनकालका मन्त्री टेक नारायण राजबंसी , शाहि सर्कारको तत्कालिन जि बि स अध्यक्ष राजेन्द्र लिङदेन (२०४६ को जनाअन्दोलन् मा यहि मण्डले ले राम थापा को हत्या गरेको थियो ), कुख्यात मण्डले कुन्दन थापा, सगुन लावती (पद्म सुन्दर लावति पुत्र ) लगाएत छन् । यस अघि पनि रबिन्द्र नाथ शर्मा ले पोखरा र काठमाण्डौ मा राजतन्त्रको वकालत गरे बापत राम धुलाइ खाइसकेका छन् । Source:- www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article