Posted by: sano_kanchha March 15, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हे भगवान मैले के नै पाप गरे र भगवान म सँग निष्ठूर छौ । मैले के नै अपराध गरे र भगवान म सँग तर्कन्छौ ।। यो तिम्रो पूण्यभूमीमा मैले सानो ठाउ माग्नु नै अपराध हो भने मलाइ आँशुको सजाय देउ ।। आँशु ले त मलाइ बगाइसक्यो न त मार्न नै सक्यो न त जीउदै राख्यो ,म भाव बिवहल छु तिम्रो आशु पिएर फेरि जन्मने आशा छ मन मा ज्योति लिएर फेरि तिम्रो आकाश हेर्ने मन छ यो धर्ती लाइ टेकेर अस्तित्वशिल बनाएर जन्माइदेउ भगवान पहिचान दिएर पठाइदेउ भगवान ।। यो जन्म त यस्तै रहिगयो आँशु को कथा हाँसो ले लेखे अर्को जन्म एक पटक देउ भगवान आँशु को यो कथा मेरै मुख ले तिमी लाइ सुनाउला।
Read Full Discussion Thread for this article