Posted by: sun_shine March 14, 2007
Randomness... म रोएको छैन है
Login in to Rate this Post:     0       ?        
म रोएको छैन है ति अतितका पलहरु सम्झिन्दा ति माया पिरती अनि मिलनका दिनहरु सम्झिन्दा ओठको मन्द मुस्कानलाई छिचोल्दै नयन त रसाउछन नै तर पनि राजा, म रोएको छैन है । आजकाल कैयौ दिन सम्म तिम्रो स्वर सुन्न नपाउदा अनेक कारणले, कुरा गर्ने अनिच्छा प्रकट गर्दा ति सुरुका दिनका तिम्रा प्रेमपूर्ण शब्दहरु प्रत्यक रात घण्टो तिमी सँग हुने भावपूर्ण कुराहरु मस्तिस्कमा त आउन्छन नै तर पनि हजुर, म रोएको छैन है । मलाई धोको छ रुने खुला आकास मुनी चिच्याइ, कराइ मनका सारा दुख्ह बिसाइ लडिबुढी गर्दै मलाई धोको छ रुने तर पनि कालु, म रोएको छैन है । म तयार छु साट्न, मेरा सारा खुशी तिम्रो सफलतासँग म तयार छु, तिम्रो खुशीको लागि, रमाउन मेरो एक्लोपना सँग मेरो प्रेम तिम्रो प्रगतिको बाधक नवनोस् मेरो आसु तिम्रो पारीलो जीवन्को झरि नवनोस् ति माया-प्रेम अनि मिलनका दिनहरु सम्झिदा तिम्रो हातको सिरानीमा निदा एका रात हरु सम्झिदा एकान्तमा कहिले काही सुक्क सुक्क त गर्छु नै तर पनि बाबा, म रोएको छैन है ।
Read Full Discussion Thread for this article