Posted by: world_map March 14, 2007
Login in to Rate this Post:
0
?
हराएका गाम्लेहरू
हाम्रो प्यारो चौतारीबाट हराए धेरै गाम्ले
भरिभराउ हुन्थ्यो पैले रमाइलो गर्थ्यौं हाम्ले
मीठा मीठा गफ गर्ने कुम्ले नेपाल गएछ
चटपटी कुरा गर्ने तिरू अहिले चूप बसिछ
गोतामेज्यू पनि पोखरामा घुम्दै होलान् फेवाताल
छक्क पर्दै होलान् उनी देखेर नेपालको हाल
जिम्माल बूढा, निसे मोरा गएछन् कता अचेल?
सान्नानी पनि देखिन्नन् पकाउँदै होलिन् कि सेल?
पून्टेदाई हाम्रा छन् अत्यन्तै काममा व्यस्त
भौते होला फेरी आफ्नै रिसर्चमा मस्त
गालव हाम्रा महान् हस्ती स्वस्थानी वाचक
नयाँ काम गर्दै हुन् कि नगरी चकचक