Posted by: SateLite March 14, 2007
* सानो मान्छेको कथा *
Login in to Rate this Post:     0       ?        
* सानो मान्छेको कथा * - वेस्ट ब्रोड वे बाट राइट टर्न लियो जिमले एयरपोर्टको लागि !जिमले कार ड्राइभ गरिरहेको छ अनि सञ्जय उस्को साइडसिटमा निराश महशुश गर्दै बसेको छ..मध्यरातको पौने एकबजेपनि यो ओन्टारियोमा रातको महशुस पटक्कै हुदैन,लाइटै-लाइटको चहकताले होला !तरपनि दिउसोको तुलनामा ट्याक्सिहरु अलिक कमै देखिन्छन सफा बाटाहरुमा ! आकाश निर्मल देखिन्छ,टाढा-टाढासम्मपनि बादल छैन ,ताराहरु आफुमै मस्त हुदै चम्किरहेका छन ! सञ्जयले सोच्यो-"म पनि कुनै दिन यि ताराहरुजस्तै चम्किने सपना देखेको थियँ" !आफ्नो अन्तरमनबाट उठेको सोचले उ झस्कियो एकपल्ट अनि आफु त नेपाल जान एयरपोर्टतिर लम्किरहेको यथार्थ सम्झेपछि शान्त भयो !उस्को छटपटाहटको सायद जिमले थाहा पायो कि सायद आफ्नो रातो एडिडास को ज्याकेटबाट चुरोटको बटटा निकालेर एउटा आफ्नो ओठमा च्याप्दै एउटा स्टिकचाहिं सञ्जयतिर तेर्साउदै भन्यो - "बर्निङ योर लङ इज बेटर देयान बुर्निङ योर हर्ट" "य आइ गेस"सञ्जयले मार्लबोरोको स्टिक सल्काउदै भन्यो र लामो कश तान्यो!यस्तो लाग्थ्यो कि उ त्यहि चुरोटको कशले आफ्नो मुटु अनि लङ,लिभर सबै फुटाउन चाहन्थ्यो एकैपटक ! आँखाहरु राता अनि किनारहरु काला भैसकेका देखिन्थे,उस्को अनिद्राले !पहिला उ महाको सुतुवा थियो..उसको सँगै बस्ने फिलिपिनो साथि जिमले उल्लाइ बारम्बार भन्थ्यो-जाँउ हिड स्ट्रिटतिर चक्कर लगाउन,मैले चिनेका केहि गोरिहरु छन..म तसँग इन्ट्रोडिउस गराउँछु अनि तेरो लाइफका केहि पलहरु सुमधुर होलान भनेर तर सञ्जय कहिले गयन उसँग !जिमपनि कहिलेकाँहि त दिक्क मान्थ्यो उस्को दैनिकि देखेर !कुनै नयाँपनबिना बाँचिरहेको सञ्जयलाइ देखेर ! उनिहरु दुबै एउटा अन्तराष्ट्रिय कम्पनिको क्यानडास्थित ओन्टारियो ब्रान्चमा जब गर्थे,कम्पनिमा दुबैको पोजिशन एउटै थियो अनि एउटै रुममा बस्थे !बाहिरै खायेर या "टेक आउट" गरेर खान्थे तर कोठामा केहि बनाउने जाँगर यि दुबैलाइ कहिले चलेन ,कफिबाहेक ! तर बनाउनलाइ चाहिने ग्यास देखि भाँडासम्म सबै थिये एउटा कुनामा ! कामबाहेकको समय सञ्जय प्रायः ब्रुस विल्लिस,म्याट डेमन अनि मेल गिब्सनका सिनेमा हेरेर अनि हेर्दाहेर्दै निदायेर बिताउथ्यो भने जिमचाहि आफ्नो तोसिबा नोटबुकमा वेबक्यामेरा जोडेर मनिलामा भयेकि आफ्नि गर्लफ्रेन्ड "सिल्या" सँगै हुन्थ्यो ,घरिघरि उ सञ्जयलाइ आफ्नि गर्लफ्रेन्डका बारेमा बढाइचढाइ बखान गरिरहनथ्यो भने कुनै साँझचाइ सञ्जय कोठामा फर्किदा उ फुल्लियको मुख लियेर चुरोट तानिरहेको भेटिन्थ्यो अनि आफ्नो तितो सञ्जयसँग पोख्थ्यो -"यु नो सञ्जे..दिज अल गर्ल आर ड्याम बिचेज" ! सञ्जय उस्को त्यो परिवर्तित मुहार हेरेर हल्का हाँस्थ्यो र भन्थ्यो-"जिम यु मिसअन्डरस्टुड..नट अल आर बिच,प्रोब्याबलि योर वन" उस्का शब्दले जिमलाइ झन आहत पुराँउथेहोला तर पनि उ भन्थ्यो-"य माइन इज बिच" अनि उ झोक्किदै तल झर्थ्यो एकैछिनमा पार्किङ्लटबाट कार टर्निङ गर्दा निस्कने आवाजसहित एउटा कार बाहिरिन्थ्यो ! सञ्जयले कफिपटमा कफि खन्याउदै सोच्थ्यो-जिमले त्यो केटिलाइ किन छोड्न सक्दैन जल्ले उस्को मायाको बदला केवल टेन्स मात्र दिन्छे,काम गर्ने ठाउमा पनि कति केटि छन गोरिहरु र उस्कै फिलिपिन्सकापनि तिनजना ! एउटि "मार्गातेश"भन्ने बीलिङ डिपार्टकोले त उल्लाइ पर्पोजपनि गरेकि हो तर उल्ले आफु कोहि अरुसितनै प्रेममा परेको बतायको थियो !त्यहि एउटाकुरामा मात्र उस्को बानि राम्रो लाग्थ्यो सञ्जयलाइ कि जिमले कुनै केटिकोसँग झुटोबोलेर आफ्नो स्वार्थ पुरा गरेन नत्र यहाँ "सेक्सुअल्लि इन्टेन्सन"मा मात्र प्रेम देख्नेहरु नभयका त होइनन! सर्सर्ति हेर्दा जिम र सञ्जय फरक प्रक्रितिका साथि थिय,उनिहरुका रुचि पनि फरक..जुनबेला जिम कोसैको प्रेममा चुर्लुम्म डुबेको थियो त्यतिबेला सञ्जय आफ्नो सानो सोचाइभित्रको संसारमा रमिरहेको थियो !उल्लाइ प्रेमको भावनाप्रति कुनै पुर्वाग्रह त थियेन..उ मान्थ्यो प्रेम एउटा जीवनमा सकारात्मक प्रभाव पार्ने फिलिङ्स हो तरपनि उ आफुचाहिं प्रेममा वा कसैको आशक्तिमा चुर्लुम्म डुब्न पटक्कै चाहदैनथ्यो..सायद ति सोचहरु उल्लाइ केहिबर्षपुर्ब जतिबेला उल्ले भर्खर एस एल सि पास गरेको थियो ! त्यो बेला घरमा भयेका केहि घटनाहरुका कारणले हुनुपर्छ -त्योबेला सञ्जयको दाजुले,"इन्टरकास्ट" प्रेम बिहे गरेर एउटि भाउजु ल्याउनु भयेको थियो !उनिहरु थिय क्षत्रिय अनि भाउजु हुनुहुन्थ्यो गुरुङ् तर "इन्टरकास्ट"को कारणले त घरमा एकप्रतिशतपनि समस्या भयन,कुरौटे आफन्त अनि छिमेकिहरुले कतिञ्जेल पो कुरा काटेर सक्थे र,घरमा त रमाइलो नै थियो ! नयाँ भाउजुले सञ्जयलाइ देवर पनि कहिल्यै भन्नुभयन,सधै भाइजस्तै गर्नुहुन्थ्यो...राति-राति अबेर घरमा आउदा हप्काउनुहुन्थ्यो अनि माया पनि उत्तिकै ! बाबा-आमाले त न त सञ्जय न दाइहरुलाइ नै कहिले हप्काउनुभो र !सधै मायामात्र दिनुभो,अब भाउजुले सञ्जयलाइ बाटो देखाउने कुरामा बाबा-आमा सायद बिस्वस्त हुनुहुन्थ्यो होला ! फेरि छोरि नभयको घरमा..भाउजुको आगमनले कति खुसि छरेको थियो भने,सञ्जय चाहन्थ्यो...भाउजुका हातबाट भाइटिका थाप्न तर त्यो त अलि हाम्रो समाजमा नसुहाउने कुरा भन्छन...तरपनि तिमिमेरो देवरबाबु होइनौ..मेरो आफ्नै भाइ हौ भन्नुहुन्थ्यो भाउजुले !त्यतिबेला उल्ले सोचेको थियो मैले पनि बिहा गरेंभने "इन्टरकास्ट"मै गर्छु भनेर तर कसैलाइ भन्ने कुरा त आयन ! * समय बितिरहेकै थियो ! सन्जयपनि बुटवलबाट हरेक दिन बिहानिमा भैरहवाको "रुपन्देहि कलेज"का क्लास भेटाउन जान थाल्यो ! एउटा पुरानो धेरै आवाज निस्कने "आर एक्स-१००"बाइक थियो पेट्रोल पनि धेरैखाने तर त्यहि पेट्रोलधेरै खान कारणलेनै सञ्जयको गोजि अलिअलि सधै वेटमा रहन्थ्यो ! बाइकको तेल धेरै खाने कुरालाइ कारण बनायर बाबासँगबाट "क्यास" झार्ने उसको रणनितिले कलेज पढुञ्जेल सधै काम गर्यो ! ति दिनहरुको सम्झनाहरुले उल्लाइ"फ्रेश'महसुश गराउछन अझैपनि तर सञ्जयको कलेज पुरा नहुदै दाजु-भाउजु घरबाट छुट्टै बस्न थाल्नुभयको थियो अनिमात्र घरका सारा खुसिहरु छिनभरिमै उडेका थिय !त्यो स्वाभाविक थियो होला तरपनि सन्ज़यको बुझाइमा दाजु-भाउजु घरबाट छुट्टै नबस्दा नै राम्रो हुन्थ्यो !भाउजुको दोष उल्ले देखेन,बरु दाजुकै महत्वकांक्षालाइ ठहरायो अनि लाग्यो,प्रेम गरेर नयाँ नाता खोज्दा के पुराना अमुल्य नाताहरुको अन्त्य नै जरुरि थियो र ?जे होस बाबा-आमाको मौन दुखि अनुहारले भनिरहेका थिय-जीवनको उत्तरार्धका बाँकि केहि दिनहरुमा सन्तानहरुले के आर्थिकरुपमा मात्र "प्यारेन्टस"लाइ हेर्नुनै सबै हो त ?माया-स्नेह दिनुपनि सन्तान्हरुको कर्तब्य होइन र ? सञ्जयलाइ महसुस भयो बाबाहरुलाइ दुखि बनायर गरियको मायाले कतिदिन शितलत देला र ?बिवाह शब्द देखि उल्लाइ कुनै लगाव रहेन नत घ्रिणा नै !त्यसपछि उल्ले कहिले कोसैसँग प्रेममा डुब्नै पर्छ भन्ने ठानेन अनि यस्तै दिनहरु बितिरहे ! एकताका सञ्जय सिनेमाको "क्यामेराम्यान"बन्छु भनेर काठ्माडौंमा नयाँ खुलेको सिनेमा कलेजमा अठारमहिने कोर्समा भर्ना भयो अनि केहि दिक्कलाग्दा नेपालि सिनेमाहरुमा "स्पट ब्वाइ" देखि "क्लाप म्यान"हुदै सहायक निर्देशनसम्म पुग्यो तर समयको खेलले होला उ जे बन्छु भनेको थियो त्यो बनेन !ति दिक्कलाग्दा नेपालि सिनेमाहरुका पट्यारलाग्दा सुटिङहरु अनि पारिश्रमिकको निम्ति पचासपल्ट धाउनुपर्ने अल्छिलाग्दा खेलहरुबाट वाक्क भयर सन्जय उड्यो त्यहाँबाट धेरैटाढा!**** **जिमले कार स्टारबक्स"को पार्किङमा हालिसकेको रहेछ-"सञ्जे लेट्स ड्रिङ्क्स सम हट स्टफ म्यान" ! दुबैजना लागे भित्रतिर ,फ्लाइटको निम्ति अझै प्रयाप्त समय थियो बाँकि !नरमाइलो त लागिरहेकै थियो,सँगै बसेको साथिलाइ छाडेर जानुपर्दा तरपनि घर फर्कने निर्णय त गरिसकेको थियो सञ्जयले !खासमा पन्द्र दिन अघिसम्म उल्ले घर अहिलेजाने "प्लान"बनायको थियन तर नसोचेको,नचाहेको अनि अप्रत्यासित तनावमा परेर उ घर फर्कने निर्णय गर्यो !सँधै "सिल्या'को भजन गाइरहने जिमपनि अचेल शान्त थियो कारण डिसेम्बरमा छुट्टिमा मनिला फर्कदा उल्ले "सिल्या"ले त उल्लाइ केवल अनलाइनको पार्ट्नर बनायको र खास उनि त "रोबर्ट"भन्ने केटाको प्रेमिका रहेछिन भन्ने रहस्योद्घघाटन गरेको रहेछ र अचेल सफा तलाउको पानिभन्दापनि शान्त थियो,तर भित्रिमनमा सारै दुखिपनि ! "लास्ट स्मोक टुगेदर सञ्जे.."छुट्टि नजादै "सिल्या"ले पठाइदियेको एडिडासको रातो ज्याकेटको गोजिबाट चुरोट निकाल्दै अफर गर्यो सञ्जयलाइ ! "थ्याङस म्यान बट एम अलरेडि ओवर ,नो मोर स्मोक प्लिज"सञ्जयले अस्विकार गर्यो तर 'इफ यु विस सो,अलराइट"भनेर जिमले बट्टा गारवेज बक्समा हुत्ताइसकेको थियो !सञ्जयले समात्यो !त्यो जिमको रिसाउने एउटा मिठो शैलि थियो,जुन सञ्जयलाइ राम्ररि थाहा थियो ! "स्वात्त..." सञ्जयले लामो कश तान्यो चुरोटको अनि दुबैको हाँसो फुत्कियो....हा हा हा ड्याम ग़ड नौ डलर तिरेर उनिहरु एयरपोर्टतिर हान्निय ! **सञ्जयले दुइमहिनापुर्ब "Ebay.com" बाट एउटा आइबिएम लेनोभो को ल्यापटप किनेको थियो यसो फुर्सदमा च्याटपनि हुने आफ्नोसबै राख्नपनि हुने अनि मुख्य कुरा "पोर्टेबल" पनि जता जाउ लियर जाउ ! अनि इन्टरनेट कनेक्सन मिलायो ठ्याक्कै सिरानिनीर अनि ल्यापटप सधै अन !काम सकेपछि मुभि हेर्नु या उपन्यास पढने समय सबै अनलाइनले लियो ! यस्तैमा एकसाँझ एउटा पात्रसँग भेट भयो सामान्य अवस्थामा अन्लाइनमै तर समयक्रममा क हुनपुग्यो भने त्यो पात्रसँगको उसको साथित्वले गहिराइलियो,सामिप्यता बढ्यो अनलाइनमै !अनि के हुनु थियो र हरेक कथाहरुमा जस्तै उस्को कथामा पनि स्याड सिन आयो !सञ्जयले धेरै सोच्यो के हो यो आखिर यो तनावको जड ?उत्तर एउटै आयो-त्यो पात्रलाइ नदेखेरै,नभेटेरनै..आक्रितिबिनाको त्यो छाँयाप्रतिको लगाव सायद प्रेम हो भन्ने ! एकदुइ दिनपछि उ अझ बिस्वस्त भयो-यो प्रेम हो,माया हो.. "सेक्सुअल्लि" आकर्षण होइन ! अनि उ बोल्ने बिचारमा थियो तर कथाले अर्कै मोड लिदियो-ति अघोषित प्रेमिकाले भनिन,म बिवाहित हो ! सञ्जयले भन्यो-म केयर गर्दिन पात्रले भनिन - म तिमि भन्दा आधा दशकले सिनियर छु उमेरमा उल्ले भन्यो - मैले तिम्रो उमेरलाइ प्रेम गरेको होइन पात्रले भनिन-म त क्षत्रिय होइन नि,अर्कै जातको उल्ले भन्यो-तिमि जे होउ,जो होउ,जस्तो छौ..मलाइ स्विकार्य हुनेछ !जात ,धर्म,आश्थाका कुरा नगर ..दोज आर न थिङ कथामा जे हुनुपर्ने हो त्यहि भयो सञ्जयको कथामा पनि तर हदैसम्मनका ठक्करहरु,असफलताहरुले डगमगाउन नसकेको उस्को अस्तित्व त्यति सानो घटनाले बिक्षिप्त पारिदियो ! पहिला त उल्लाइ आफैलाइ बिश्वास लागेन,चिन्दै-नचिनेको आक्रितिको मायामा बहुलाउनु कहाँसम्मको मुर्खता हो ? प्रश्नको उत्तर उसँग थियन !जुन नगर्नुपर्ने गल्ति त भयो तर लङ स्ट्रिटका गल्लिहरुले सन्जयको तनावलाइ शान्त पार्न सकेनन !यो कसैलाइ भन्दा बिश्वास गर्न नसकिने कथाको बिचरा पात्र भयेर उ नेपाल फर्कने निर्णय गर्यो !HR मा Application Submit गर्यो बिदाको निम्ति ! Manager ले बोलायर सोध्यो-के भो भनेर ,उल्ले मात्र जरुरि छ भन्यो !एकमहिनाको छुट्टि Approve भयो ! अब एकमहिना भित्र उल्लाइ सबै बिर्सनु छ !नयाँ जीवनका निम्ति अर्थहिन नाताहरुमा नाता खोज्ने बानि हटाउनुपरेको छ नत्र यो जीवन नै सधै Wrong Number हरुमा Dial गर्दा-गर्दै बित्न के बेर ! सन्जयले जीवनमा गरेको पहिलो Dial नै गलत ठाउँमा परेपनि मायाँको अभुतपुर्ब महसुश गर्न पायेकोमा सुखद अनुभव गरेको छ ! सञ्जय उस्को त्यो अघोषित प्रेमिकामाथिपनि दोष लगाउन नसक्ने भयेको छ ,कोहि चिन्दै-नचिनेको पराइका निम्ति आफ्नाहरुका सपनाहरु भताभुङग पारेर आउ भनेर कसरि भन्ने र ?माया त माया हो !त्यो Unconditionally हुन्छ ! ** पार्किङ टिकट ड्यास बोर्डमा हुत्तायर ज़िम आयो,लगेज पनि खासै केहि छैन,एउटा ल्यापटप ब्याग पछाडि भिरेर हातमा अर्को सानो सुट्केशजस्तो देखिने ब्याग हल्लाउदै सञ्जय भित्र पस्यो एयरपोर्ट कम्पाउण्ड मा ..!नेपाल जाँदापनि केहिखासै सपिङ गरियन..अप्रत्याशित कुराहरु सायद जीवनमा सधै हुदैनन होला !नत्र त यो उराठ मन लियर किन हिडिन्थ्यो र ? "ओ के म्यान ,ह्याभ अ नाइस जोर्नि एण्ड कम ब्याक विथ पर्फेक्ट हर्ट नट विथ द ब्रोकन पिस अगेन हुह "जिमका यि शब्दहरुले सानो मुस्कान उछिट्टायो दुबैका मुहारबाट !एउटा नाइस Hug दियर जिम बिदा भयो !चिसो बातावरणमा भित्रतिरबाट आइरहेको एसिको तातो हावाले केहि राहत दिइरहेको थियो !सञ्जय इमिग्रेशनतिरको लाइनमा पस्यो !सिटहरुमाथि झुन्डाइयका एल सि डि अनि प्लाज्मा स्क्रिनहरुमा पचासौं डेस्टिनेसनहरुका नाम छन त्यहाँ हाम्रो काठ्माण्डौको नाम छैन बरु केटिएम जान दिल्हि भयेर जानुपर्ने ! नेपालको अवस्था पनि उस्कै अधुरो प्रेम कथासरह भयको छ ! सञ्जय आफ्नो पहिलो प्रयासलाइ त्यहिं ओन्टारियो का गल्लिहरुमा छाडेर नय़ाँ अनुभवसँग देश उत्रने सोचाइ राख्थ्यो ! तर सम्भव थियन यसरि ति सबै मिठा प्रेमका पलहरु बिर्सिन !सञ्जयले प्लेनको डोरबाट भित्रपसेपछि के सोच्दैथियो त्यो त मलाइ पनि थाहा भयेन तर...उसको त्यो अधुरो प्रेमकथा तेत्तिमै नटुङगियोस !एउटा सानो अनि मिठो कथाको अन्त्य त्यति निर्मम हुनुहुदैन होला सायद !हुनत सञ्जयका जस्ता कथाहरु यहाँ घटिरहन्छन होला तर पनि ति सञ्जयहरुलाइ कति गारो हुन्छ होला,एकोहोरो तापमा बलिरहन अनि जलिरहन ! नचाहेरै पनि सानो कथाको अन्त्य गरिदिन * अस्तु*
Read Full Discussion Thread for this article