Posted by: Pale Dai March 13, 2007
A Departed Soul
Login in to Rate this Post:     0       ?        
परदेशी म ---------------------------- साथ दिने तिम्रा हात क्षितिज पारी छाडी आएँ मायालु ती नयनहरु नचाहेरै भिजाइ आएँ परेलीमा टल्पिदिन्छ हरपल क्रन्दनको छायाँ कसरी म भुल्न सक्छु तिम्रो सुमधुर माया निश्चल तिम्रो मुहार सधैं सपनीमा आउने गर्छ बिपनीको आगमनमा एक्लोपन छाउने गर्छ उजाड संसारमा आज तिम्रो यादमा रमाउँदै छु तिमीलाई नै जिन्दगीको बाँच्ने आधार बनाउँदैछु ।
Read Full Discussion Thread for this article