Posted by: happy days March 13, 2007
what is in that 'CD' ??????????
Login in to Rate this Post:     0       ?        
माओवादीले पेस गरेको 'सीडी'मा मङ्सिर ५ गते शान्ति सम्झौता भएयताको माओवादी ज्यादती, सम्झौता उल्लङ्घनसम्बन्धी समाचार मात्र सङ्कलित छ। समाचार सबै राजधानीबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकका हुन्। सीडीमा माओवादी अध्यक्ष प्रचण्डले चढेको महँगो गाडीदेखि शिविरबाहिर निस्केको जनमुक्ति सेनादेखि धीरेन्द्र शाहको घर कब्जासम्मका दर्जनौँ समाचार छन्। माओवादीले शान्ति सम्झौतापछि पनि प्रहरीचौकी पुनर्स्थापना हुन नदिएको, चन्दा आतङ्क जारी राखेकोबारे अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले दिएको अभिव्यक्तिको समाचार पनि सीडीमा छ। मङ्सिर ७ गतेदेखि फागुनको तेस्रो सातासम्ममा समाचार स्क्यानिङ गरेर तयार गरिएको सीडी सेनाको ब्यारेक-ब्यारेक पुर्याउने काममा युवराज पारसको दस्ता सक्रिय रहेको दाबी माओवादीको छ। सेनाको स्रोतमार्फत सीडी आएको बताउँदै माओवादीले सेनालाई माओवादीविरुद्ध भड्काउन यो काम भइरहेको दाबी गरेका छन्। उता सेनाको ब्यारेक-ब्यारेकमा सीडी पुर्याएर माओवादीविरुद्ध सेनालाई भ्रम छर्ने काम भएको भन्ने माओवादी दाबीबारे सेनाले अनभिज्ञता प्रकट गरेको छ। source :namasteeuropedot com
Read Full Discussion Thread for this article