Posted by: jay_janmabhumi March 12, 2007
फेरी मधेशकै कुरा
Login in to Rate this Post:     0       ?        
अहिले नेपाल परिवर्तनको संघरमा छ । जहाँ सम्म मैले बुझेको छु (म त्यती धेरै जान्ने र बुझ्ने मान्छे त होइन) यो परिवर्तन हुनुमा माओवादी हरुको ठुलो हात छ । माओवादी हरुलाई यहाँ सम्म ल्याउनुमा सिटौलाको भूमिका महत््वपूर्ण छ । अझै धेरै कुरा गर्न बाकी छ । हो यो सरकार ले धेरै कुरा हरुमा आँखा चिम्लिएको छ । बेला यही हो अधिकार खोज्ने । तर यस्तो critical अवस्थामा त्यस्तो महत््वपूर्ण मान्छेको राजिनामा माग्नुले राम्रो कुराको संकेत गर्छ त? सरकार त झुकिसक्यो मधेशको अगाडि । मधेशमा मान्छे मरेको जिम्मेवारी सिटौलाले लिइ सके अनि माफी पनि मागिसके । त्यसबाटपनि सरकार झुकिसकेको प्रस्ट हुन्छ । सरकारले मान्छे मारेको कुरा को जिम्मा लिइ सक्यो तर त्यो दिनहु को बन्द्ले अघोषित रुपमा कति मान्छे मरिराखेको होलान् तेस्को जिम्मा कस्ले लिने ? कसैले यही website मा लेख्नु भएको थियो शायद, मधेश लाई ४९ % seat दिएको छ, गएर चुनाव लड््नुस्, सक्नुहुन्छ भने अझ पहाडमा पनि गएर जित्नुस् अनि चाहेको परिवर्तन गर्नुस् । किनकि अहिले को सरकारले त्यो गर्न बाट छेकेको छ जस्तो मलाइ लाग्दैन तर ति जनतालाई अझै धेरै दुख नदिनुस्, किनकी तपाईंको राजनीति सँग तिनिहरुको केही लिनुदिनु छैन । पहिलो कुरा गाँस् हो । तपाइ ले टन्न खाएर डकार्दै keywboard मा लेखे जस्तो सजिलो छैन ति नेपालि हरुलाइ। मैले भन्न खोजेको यती मात्र हो, सिटौलाको राजिनामा भन्दा ठुलो कुरा अधिकार हो । तेस्को लागि राजिनामा आवश्यक छैन । किनकी सिटौला अहिलेको नेपलको आवश्कता हुन् ।
Read Full Discussion Thread for this article