Posted by: shirish March 11, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
Vivash me धन्यबाद गजलका लागी ! उक्त गजलमा तपाईले काफीया नदोहराउनु भएको भए राम्रो हुने थियो होला ! यस बिषयमा यो धागोमा कतै छ, दोहरिने काफिया बारेमा ! छन्दमा लेखिएका गजलहरु बुझ्न अलि अफ्ठ्यारा हुन्छन् र अक्षर पुर्याउनु पर्ने बाध्यताले गर्दा शुद्द गजलमा जस्तो शब्दका किफायति हुदैनन् ! या आफ्नै बुझ्ने क्षमताको कमी ??? तपाई, छन्दमा लेख्न सक्ने खुबी हुने मान्छेले बरु बहरमा गजल लेख्नु भए सुनमा सुगन्ध हुने थियो ! हुन त यस्तो खाले प्रयोग पनि राम्रै हो ! आफ्नो त ह्याउ छैन ! wine tasting नभई chocolate chip cookies जस्तो भो क्या - बेला बेलामा चकलेट टोकिने (उहि शब्दहरु दोहरिएको कारणले गर्दा र एकै बिषय बस्तुमा केन्द्रित भएको हुनाले गजल भन्दा बरु कबिताको शैलीमा लेख्नु भए expression बेस हुन्थ्यो की ??) जहोस् - अरु नि जाबोस् बिबस जी ! प्रयास राम्रो छ !
Read Full Discussion Thread for this article