Posted by: shirish March 11, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गजल डाक्टर गजल अरबी शब्द हो या फारसी - गजल लेखनको परम्परा दशौ“ शताब्दीबाट शुरू भएको हो या तेह्रौ“ - नेपालका प्रथम गजलकार मानिने मोतीराम भट्ट कसरी गजल लेख्न प्रेरित भए - गजलबारे यस्ता अनेक विवादास्पद प्रश्नका उत्तर छन्, उनीस“ग । हो, गीतकार कृष्णहरि बरालले त्रिभुवन विश्वविद्यालयबाट यही मध्यफागुनमा गजलमा विद्यावारिधि गरेका छन् । शोधक्रममा उनले गजल अरबी शब्द भएको र शुरूवात दशौ“ शताब्दीबाटै भएको पुष्टि गरेका छन् । मोतीराम वनारस पढ्न जा“दा गजलप्रति आकषिर्त भएका र उनले त्यहा“ सङ्गीतसमेतको प्रशिक्षण लिएको बरालको शोधमा उल्लेख छ । उनले 'गजलपरम्परा र मोतीराम भट्टको गजलकारिता' शर्ीष्ाकमा दर्ुइ वर्षलगाएर शोध पूरा गरेका हुन् । शोधमा गजल सिद्धान्तस“गै यसको विश्वपरम्परासमेत चर्चा गरेका छन् उनले । बराल भन्छन्, "शोधलाई पुस्तकको रूप दिने योजना छ ।" समालोचना, भाषाविज्ञान, व्याकरण, पाठ्यपुस्तक, गीतसम्बद्ध उनका तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिवि नेपाली केन्द्रीय विभागका उपप्राध्यापक बरालले मेरो संसार तिमी नै हौ, किन हजुर नबोलेको, यी हल्लाहरू हुन्, के भूल भयो प्रिया, मैले त्यही भएर मन पराएको जस्ता कैयन् गीत रचेका छन् । आफ्नो लेखनलाई आम्दानीका हिसाबले र्'अर्धव्यावसायिक' भन्न रुचाउ“छन् उनी । "कतिले दिन्छु भन्छन्, दि“दैनन्, कतिले छैन भन्छन्," गीत लैजानेहरूबारे बरालले भने, "कतिपय अवस्थामा धर्म पनि हो जस्तो लाग्छ ।" http://www.kantipuronline.com/Nepal/indreeni.php
Read Full Discussion Thread for this article