Posted by: ramguragain March 11, 2007
Pic Showing Maoist Cruel activity
Login in to Rate this Post:     0       ?        
सिरहा, फागुन २६ - माओवादीले शान्ति सम्झौताविपरीत निजी जग्गामा लगाइएका करोडौं पर्ने रूख कटान गरेका छन् । पार्टर्ीीनर्देशनअनुरूप निजी जग्गाका रूख काटिएको भन्दै माओवादीले स्थानीय सुवास र्सराफ, सर्ुदर्शन श्रेष्ठ र सुनिलचन्द्र ताम्राकारले लगाएको ८५ बिघाभन्दा बढी जमिन फ“डानी गरेका हुन् । र्सराफले विष्णुपुर-४ र धनगढी-९ मा रोपेका ५० बिघा जमिन, श्रेष्ठ र ताम्राकारको सोही ठाउ“को ३५ बिघाका रूख माओवादीले काटिरहेका छन् । माओवादीका क्षेत्रीय इन्चार्ज जितेन्द्र सिंहको नेतृत्वमा सयौं कार्यकर्ता यतिखेर रूख काट्न र ढुवानी गर्न व्यस्त छन् । पीडित पक्षले भने न्यायका लागि विभिन्न संघ-संगठनसमक्ष आग्रह गरेका छन् । उनीहरूले ०४७ सालदेखि त्यहा“ व्यावसायिक बगंैचा खेती गरेका हुन् । पीडितका अनुसार डेढ करोड खर्चेर बगैंचामा सिसौ, आ“प, कटहर, जामुन, सफेदा, सिमललगायतका रूख लगाइएका थियो । 'रूख बेचेर जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र खोल्ने सोच थियो,' र्सराफले भने- 'त्यहा“ हजारौंले रोजगारी पाउ“थे । तर माओवादीले सबै सपना चकनाचुर बनाइदिए ।' बगैंचामा लगाइएका विभिन्न जातका करिब ८० हजार रूख माओवादीले काटिसकेका छन् । त्यसबाट करिब २५ करोड बराबरको नोक्सानी भएको पीडित र्सराफले बताए ।
Read Full Discussion Thread for this article