Posted by: Nepe March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
पिरेज्यू, मधेसी मुद्धाको सुसंगठीत एक्टिभिज्म थिएन (सदभावना दल विभाजन र संयमताको शिकार भएको थियो) । त्यसैले यस कुरामा फोरमको योगदान छ । फोरम शिशु संगठन भएकोले हामीले केही त्रुटी र विभ्रमलाई असामान्य मान्न हुँदैन । हाम्रा साठीऔं वर्ष नाघेका दलहरुले त त्रुटीहरु गरिरहेका थिए/छन् भने शिशु संगठनहरुबाट भएका केही (केही मात्र नि, पुराका पुरा चाही होईन) त्रुटीहरुले शंकाको सुविधा (benefit of doubt) पाउछन् । फोरमको (समर्थकहरुको) dilemma नेपालमा हिंसाको शक्तिको legitimacy बाँकी पो छ कि, छ भने त्यसलाई प्रयोग किन नगर्ने भन्ने हो । उनीहरुले छिट्टै बुझ्न गईरहेका छन्, हिंसा अब अवैधानिक भईसक्यो । हिंसाको दण्ड (penalty) छ । मैले राज्यको होईन जनमानसको कुरो गरेको । आन्दोलनको प्राज्ञिक नेतृत्वले यो बुझ्न थाल्यो कि भन्ने लाग्छ मलाई । हेर्दै जाऔं ।
Read Full Discussion Thread for this article