Posted by: pire March 10, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
कर्णब्रो, तपाईको मिथिलाञ्चलको कहानी ठिकै हो, तर के तपाईको 'अञ्चल' मात्र टुक्रेको हो र? के पहाडियाहरु टुक्र्या'छैनन र? देहरादुन, सिक्किम, दार्जीलिङ, असाम, भुटानमा छैनन र? तेसो भन्दैमा के हामीले मधेसीलाई भगाउदै उनीहरुलाई धमाधम ल्याउने वा भारत टुक्र्याउ भन्ने? नेपाल र भारतको यहि आपसी समन्वय भा'को कारणले त भिसा सिसा नलगाइकन एउटा देशबाट आर्को देशमा जान तेस्तो सजिलो भा'को हो नि। फोरमले आफ्नो कार्यकर्ता मरे हुन्थ्यो भनेर जोर गरेको अब पुरा हुने भयो। नेपालगञ्जमा एउटा मर्‍यो। त्यो चाहिं शहिद त होला नि। हुन त आन्दोलन आफ्नो हाताँ छैन भनेर बक्तब्य दिएको हो क्यारे, तर मर्‍या लाश लाई राजनीतिकरण त गर्ने होलानि। सिटौलाको राजिनामको लागि वा मधेसिको अधिकारको लागि गरेको आन्दोलन हो र यो? आफ्नो पार्टी कसरी अगाडि बढाउने भनेर गरेको हो। मधेसी बच्चाहरुले त्यसै पढ्न नपाएको बेला यो आन्दोलनमा बन्द पनि मधेसको स्कुलमात्र भा'को छ, त्यसको असर कसको जिन्दगिलाई पर्ने हो भनि रहन नपर्ला। मधेसमा पहाडियाले के बन्दुक देखाएर जितेको हो र चुनाव? उनीहरुकै नेता अनिस अन्सारी, मिर्जादिल सादबेग हरु जस्ता बन्दुके भएको ले मधेसीले आजित भएर पहाडियालाई विश्वास गरेको हो। अहिले पनि त्यहि हुदैछ। आफ्नै जनता मारेर सिटौलाको राजिनामा माग्ने यो के काइदा हो? अब ४९% सीट पाएपछि मख्ख परेर नेपाली भएर गर्वका साथ बस मित्र। हैन भने उताको मिथिलाञ्चल गए हुन्छ।जो यता मिलेरबस्न सक्दैनन, ति उता के बस्न सक्छन? उता पनि के लालुले सम्मान गरेर तपाईहरुलाई मालिक बनाउँछ र? हैन, स्वतन्त्र राज्य बनाउछौ भन्ने भ्रम पालेर बस्नु भा'छ भने ज्वाला सिंले जस्तो बन्दुके राजनीति गर्न पर्छ, जसले जित्छ जमीन उसैको भन्दै (त्यो लडाइमा दुबै थरी हार्छन, जमीन त कसैले छुट्याउन सक्दैन)। आज भर्खर कान्तिपुरमा खबर हेरेको, ज्वाला सिंको मान्छेले अर्को मधेसीलाई नै मुखाँ पेस्तोल पड्काएर मारे रे, किन भन्दा पेट्रोल नदिएकोले रे। तेस्तो बौलाहा राजनीति छ, माओबादिबाट छुट्टेर राजनीति गर्ने मधेसि ग्रुप हरुको। (तेसमा फोरम पनि पर्छ, बाइ द वे)कि मिलेर बसौँ, कानूनको शाशन र प्रजातन्त्रमा। जसरी तपाईहाम्रा पुर्खा मिलेर बसेका थिए। समस्या छलफल बाट समाधन गरौँ, मेरो गोरुको बार्‍है टक्का भनेर हैन। नत्र भने दुख सबैलाई हो, अझ बढ्ता दुख तराईबासीलाई हो।
Read Full Discussion Thread for this article