Posted by: Rahuldai March 9, 2007
GIRIJA WARNS TO KICK PRACHADA
Login in to Rate this Post:     0       ?        
अर्को नेपाली जी, तपाईं को प्रतिकृया उन्माद्पूर्ण छ कि मेरो त्यो तेस्रो ब्यक्तिले निर्क्यौल गर्ला । मलाई पनि तपाईं सँग बहस् गर्ने रहर छैन्, जस्ले पल् पल् मा अफ्नो भनाइ फेर्दछ। हिजो सम्म तपाई प्रजातन्त्र् लाई गाली गर्दै हुनुह्न्थ्यो, आज् प्रजातन्त्रको दुहाइ दिंदै हुनु हुन्छ। यति छिटो बिचार् मा बिचलन्? तपाई को प्रतिकृया त केवल् राजनैतिक् दस्ताबेज जस्त् मात्र छ, मीठा कुराहरु को पुलिन्दा। कुनै तपाई सङ तथ्याङ्क छ? कुनै प्रामाणिक दस्तावेज छ? पन्चायत् र राजतन्त्र बहुदल भन्दा उत्तम् थियो भन्ने प्रमाणित गर्न? मैले कसैको भजन गाएको छैन।गाउनु जरुरि पनि छैन। कसैको कृपा मा बाचेको नि छैन। केवल प्रजातन्त्रको पक्षमा आफ्नो मत राखेको हुं। यस मानेमा खुशी छु कि प्रजातन्त्रको वकालत् गर्नु भयो अन्त्य मा आएर। हो प्रजातन्त्रमा जवाफदेहि सबै तह र पक्षका नेता हुनु पर्दछ। त्य् संस्कार् हाम्रा नेता मा भएन। देश ले जुन् गति र आकृति लिनु पर्ने हो, त्यो लिएन। ए बा बा, कस्ले न मानेको छ र् यो यथार्थता लाई? जङल पसेका एक् पक्ष किन र कसरि भन्ने कुरा अझै रहस्यमय छ। जे जति कारणले जन युग्द सुरु गरे पनि त्यस्ले बिनाश बाहेक् निम्त्याएन । आज देशमा बन्दुक् बिसाएर राजनिती गर्छु भनेर आएको छ, तिनलाई फेरि अर्को बन्दूक् तेर्साउने? शंकास्पद् भए नि अहिले मारकाट् बन्द भएको छ। संबिधान् सभाले देश् को भबिश्य कोर्लान्। जनताको मत प्रचण्ड को गोली भन्दा शक्तिशाली हुने छ। गिरिजाको गर्जन भन्दा प्रभावशाली हुन्छ। माकुनेको चतुर्याइ भन्दा फरक् खाले हुन्छ। जनताको मत मा बिश्वाश् गरम्। यत् भन्दा तपाइलाई अझै भजन गाएको जस्तो लाग्छ भने मेरो केहि भन्नु छैन। तपाई ले भने जस्तै, म भजन गाउने नै ठहर्ने छु, घमण्डी नै गनिने छु। तपाईको खुशी यसै मा छ भने बहस् गर्न पनि यहि बिश्रान्ति लिने छु। अस्तु!
Read Full Discussion Thread for this article