Posted by: once in a while March 9, 2007
GIRIJA WARNS TO KICK PRACHADA
Login in to Rate this Post:     0       ?        
नेपालमा केही राजनैतिक संस्कार बसाउन पर्यो। १) कुनै पनि नेताले २ काल term भन्दा भन्दा बढी प्रम र मन्त्री हुन नपाउने। २)उमेर ६५ नाघे पछि सांसद, मन्त्री र प्रम पदमा नियुक्ती हुन नपाउने। ३}पार्टीको कुनै पनि तहमा एउटा पदमा २ पटक् भन्दा बढी रहन नपाउने। यसले गर्दा नया नेतृत्वको निर्माण् हुन्छ र कांग्रेसी साथीहरुलाई गिरिजा बाबुको अवसान पछि पार्टी ( अझै देशनै ) डुब्लाकि भन्ने डर पनि भएन। ४) सांसद पदमा चुनाव लड्न कम्तीमा स्नातक सम्मको शिक्षा हुन पर्ने। ५) शारीरिक रुपले अशक्त, रोगले ग्रस्ट ब्यक्तीहरुले पद ओगटिरहन नपाइने। ६) भ्रस्टाचार वा अन्य् फौजदारी मुद्धा लागेर सजाय पाएको ब्यक्ति कुनै चुनाव लड्न नपाउने। ७} सांसदले दल परिवर्तन गरेमा वा पार्टीको व्हिप नमानेमा सांसद पद गुमाउने। त्यसो भएमा सरकार् बनाउने र गिराउने खेल हटने थियो। अरु तपाइहरु केहि थप्नु हुन्छ कि?
Read Full Discussion Thread for this article