Posted by: miss_ me March 8, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धेरै दिन पछि एउटा गनथन पस्कन मनलायो । हुनत मैले अन्त कतै बाट सुटुक्क टिपेर ल्याएकिम :) संकल्प बोलि रोक्न सक्दिन म गर्नै परोस बरु प्रतिकार बाटो मोड्न जान्दिन म लडेरै होस बरु प्रतिहार स्विकार्न सक्दिन भिख म रगत झर्नै परोस बरु एक छाक गाँसमा स्वाभिमानमा मर्नै परोस बरु जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु हत्केला- रेखाहरुमा म जिवनलक्ष देख्दै देख्दिन औंल्याएको बिन्दुमा म जिवनलक्ष मेट्नै सक्दिन भाग्यले निर्देशित हुने म जिवन जिउनै मान्दिन जे लेख्छु पाइलामा दृढ छु म रुक्न जान्दै जान्दिन
Read Full Discussion Thread for this article