Posted by: Rahuldai March 8, 2007
GIRIJA WARNS TO KICK PRACHADA
Login in to Rate this Post:     0       ?        
अर्को नेपाली जी, अर्ध सत्य सबै भन्दा खतरनाक हुन्छ । पन्ध्र बर्ष गिरिजा ले कसरी शासन गरे? हजार मान्छे गिरिजाले मारे? कहाँ कसरि? हिसाब् गर्नु सक्नु हुन्छ? २०४८ देखि ५१ साल् सम्म झन्डै ३ बर्ष चान् चुन्। त्यसपछि ५६ साल म चुनव अगाडि ८-९ महिना। २०५६ साल् को चुनाव् पछि १ बर्ष जति किशुन् जी र त्यस पछि २ बर्ष गिरिजा। अनि गत १० महिना देखि गिरिजा। कति बर्ष भयो जम्म जम्मी गरेर? ७-८ बर्ष? के भन्नु खोज्नु भएको? यहाँ केवल गिरिजा ले प्रचण्डे लाई थर्कायो भन्ने कुरा को बहस् भएकोथ्यो मात्र हो । २३८ बर्ष देखि शाह् ले राज्य गरेको छ, प्रजातन्त्रको १३-१४ बर्ष् छोडेर बाकि २२४ बर्ष त तिनै शाह्, राणा ले एक् छत्र राज्य गरेका थिए। के तिनले देशलाई गरेको शोषण को हिसाब गर्नु सक्नु हुन्छ? जनतालाई रैती बनाएर राष्ट्र लुटेको वास्तबिकता तपाईंलाई के थाहा? धेरै पछाडि किन जानु? पञ्चायत को ३० बर्ष र प्रजातन्त्र को १० बर्ष तुलना गर्नु सक्नु हुन्छ? तथ्यान्क को आधारमा । कति सडक बने, कति अस्पताल बने कति शिक्षाण संस्था खुले? संचार र उद्योग को कति बिकास भए? तथ्यान्क खोज्नुस् र बहस् गर्नुस् । मात्र लोकतन्त्र प्रती रीस देखाउन जथाभाबी न लेख्नुस् । कस्ले न मानेको छ र लोकतान्त्र सँग संगै भ्रष्ट्रचार पनि बढ्यो । राम्रो कुरा होइन र त्यस्को बिरोध गर्नै पर्दछ। पञ्चायत काल मा कस्ले कति लुटे, न हिसाब छ न किताब छ । कति काण्ड भए, तपाईंलाई थाह छ । सबै जस्तो दबाए । जो दबाउनै नसक्ने भए ती मात्र बाहिर आए र त्यो पनि काफी छ, तपाईंको लागि । न स्वतन्त्र प्रेस् थियो । न संचार को यती सुबिधा । क्रेन लिएर भुपतिन्द्र मल्ल को शालिक उखेल्न गएको सत्य भक्तपुरबासीले भुलेका छैनन । हो, नेता गतिला भएनन र देश ले सही बाटो लिन सकेनन । नेताको गल्ती धेरै छन्, यो पनि मानें । प्रचण्डे का सन्तान हरु के ४-५ बर्ष को बहुदल को कारण जङ्गल पसेका हुन त? के गिरिजाको कारण माओवादी बांदर हरुले मान्छे मारे हुन त? सबै भन्दा बढी कांग्रेस् का कार्यकर्ता नेता मारिए, माओवादी आतंक बाट । आज ती सबै भुलेर, रगत को खोलो बग्न बन्द हुन्छ भनेर हात मिलाएका छन्, त्यस्मा पनि प्रतिगामीहरु को टाउको न राम्रो संग दुखेको छ । माओवादीलाई मल जल गर्ने को हो? चिन्नु हुन्छ? सशस्त्र प्रहरिका आइ जी, कृष्ण मोहन श्रेष्ठ किन मारिए, एमालेका सांसद यदु गौतम किन सेरिए थाहा छ? धेरै कुरा जान्न बाकी छ तपाईंले, खोजेर आउनुस्, बुझेर आउनुस्, अनि बहस् गरौला, राम्रो सँग ।
Read Full Discussion Thread for this article