Posted by: SateLite March 8, 2007
"An Unfortunate Love "
Login in to Rate this Post:     0       ?        
रातको अन्तिम प्रहरसम्म तिम्रा शब्दहरु हेरेपनि "स्क्रिन" छाड्न मन मान्दैन तिमिले गुन्गुनाइरहेका लयहरुलाइ त्यसै-त्यसै एक्लै छाडिदिन आँट नै आँउदैन घरिघरिका तिम्रा शब्दहरु "गुड नाइट"अनि "गुड बाइ" मलाइ यि शब्दहरुप्रति पटक्कै स्नेह जागेन म सँग कहिले बिदा माग्दिन भनि.. केवल एउटा प्रतिज्ञामात्र गरिदेउ न.. मात्र तिम्रो एउटा प्रतिज्ञासँग म मेरो हरेक सास साट्नेछु तिमिले कुनै दिन मेरो साथ मागेमा.. म्रितुसँग लडेरै पनि म आइपुग्नेछु.. म कसरि बिश्वास दिलाउँ कि.. तिम्रो हात सम्हाल्न ..म मेरो सासको तिलाञ्जलि हाँसेर दिनेछु भनि तिम्रा केहि खुसिकालागि ..मेरा सारा सपनाहरु त्याग्नेछु भनि कर्तव्य बिर्सेर म पापको गहिराइमा धकेलिदै छु इश्वर मलाइ अक्षम्य अपराधको भारि बोकाउदै छ त्यो पापको सजाय भोग्न मलाइ धेरै जुनि लाग्नेछ.. किनकि तिम्रो आशक्तिमा मैले मेरि आमाको स्नेहपनि बिर्सेको छु बाबा-आमाले मप्रति उनेका सपनाहरुको..अर्थहिन म्रितु देखेर म बिक्षिप्त मनले मौनताका आँशु झारिरहेछु रिदयभरि तिम्रो नदेखेको आक्रिति कोरेर..होला अरु कसैलाइ म चिन्न नसक्ने भयको छु तिमि भन्छौ !! यो संसार ठुलो छ ..अनि त्यो संसारभित्र आफ्नोनिम्ति म कोहि भेटाउनेछु भनि.. तर म त कोहि नभेटेर तिमिलाइ खोजेको थिइन.. मैले त केवल तिमिमात्र खोजिरहें सधै-सधै तिमिबाहेक संसारमा केहि अरु देखिन.. प्रत्येक अनुहारहरुमा तिम्रो प्रतिछाँया देखेर..पनि भ्रमभित्र रमाइरहन पटक्कै सकिन.. इश्वरसँग गरेका हरेक प्रार्थनाहरुमा तिमि छौ.. मैले देख्ने हरेक सपनाहरुमा तिमि छौ तिम्रा अगाडि इश्वरपनि निरिह भैदियो. उप्रतिका मेरा आशातित हेराइमा..मात्र निरासा भरिदियो तिमि भन्छौ,म अरु कसैको भैसकें भनि.. कोहि अरुकै औंठि र माला लगाइसकें भनि कोहिअरुकै अँगालोमा रातहरु बिताइसकें भनि हे मेरि अन्जान साथि !तिमि यति त बुझन ति औंठि,माला अनि ति रातहरुको मलाइ पर्वाह छैन भनि तिम्रो देहलाइ जतिले छोएपनि..तिम्रो सिँउदो धेरैले रंगायपनि केवल तिम्रो मन लियर मसँग आउ न.. देहको त के अर्थ रह्यो र !म्रितुहिन प्रेम दियर,मलाइ स्विकार न.. हे ! अन्जान आक्रिति !!! मान्छेहरुले भनेको सुन्थें -प्रेम त शक्ति हो प्रेम त साँचो संकल्प अनि पबित्र भावना पनि हो व्यर्थ !यि आदर्शका शब्दहरुले मात्र मलाइ छियाछिया पारे एकपल्टको मात्र चाह राख्दापनि..पटक-पटक म्रित बनाय न स्वच्छ जीवन दिय न मलाइ उत्क्रिश्ट म्रितु नै बहुलाहरुको समुहमा एउटा अर्को नमुना बनाय तर गल्तिबिनानै बहुलाइयकाहरुको मर्म के थाहा.. बाँचिरहेकाहरुलाइ पलपल मर्नु को पिडा के थाहा.. या त मलाइ जीवनमा अँगाल !!या त मुक्ति देउ ति माला अनि औंठिहरु त्यागेर,सधैको लागि आउ एउटा नयाँ दिनको सुरुवात सँगै.. प्रेममय जीवन सुरु गरौंला.. तिम्रा प्रश्नहरुको जवाफ ..सायद "स्क्रिन"मा होइन प्रत्यक्ष भेटेर दिउँला- अनिमात्र तिमि मलाइ कहिले "गुड बाइ"भन्नपाउने छैनौ रातको अन्तिम प्रहरसम्म मलाइ जगाउने छैनौ.. किनकि तिम्रा शब्दहरु सुन्न म तिम्रैसामु हुनेछु निर्मल स्नेह तिमिप्रति बर्षाउँदै.. अमर प्रेम तिमिप्रति बर्षाउँदै...सदा-सदाको निम्ति *समाप्त*
Read Full Discussion Thread for this article