Posted by: Hi_nanu March 7, 2007
राजालाइ मेरो दुइ शब्द।
Login in to Rate this Post:     0       ?        
BathroomCoffee जि,यहाँले कुरा बडि बुझ्नु भो या बुझ्ननै चाहनु भएन।मैले राजाको सम्पतिले देशको बजेट बनाउने कुरो गरेको होइन,फेरि पड्नुस एक पटक।र म इ भ्रस्ट नेताहरुको फ्यान पनि होइन न त माओबादि आतन्कको।तर इ सबैलाइ दोश देखाएर राजाको लोभिपनको समर्थन पनि म गर्न सक्दिन।चाहे तपाइलाइ त्यो कुरो Idiots. लागोस। राजा भनेका रास्ट्र प्रति उत्तरदायि हुनु पर्छ,रास्ट्रले उसलाइ तलब भत्ता दिएको हुन्छ,अझै,अस्ति सम्म त कानून भन्दा पनि माथि राखेको थियो।तपाइ हामि भने गरेर खानु पर्ने वर्ग हौँ,हाम्रो सम्प रास्टृयकरण गर्ने भन्न मिल्दैन।तर एउटा राज परिवार राजा पनि हुने अनि रास्ट्रको सम्पतिमा गिद्दे द्रीस्टि पनि लाउने कुरो मनासिब् हुदैन भन्ने मात्र मेरो भनाइ हो।जहाँ सम्म भ्रस्ट नेत हरुलाइ पनि कार्वाहि गर्नु पर्छ र जनताले त्यो कर्वाहि गर्छन।माओबादिलाइ पनि जनता र समयले कठघराम उभ्याउने नै छन। राजा भनेको हरेक जनताको मन छुने हुनु पर्छ।दूख सुखको साथि हुनु पर्छ,त्यसैले उस्मा त्याग गर्ने क्षमता हुनु पर्छ।त्याग चाहि केहि नगर्ने अनि खालि सँस्थाको चिन्ता गरेर मात्र हुन्छ? अरु केहि हुन नसके पनि,राजाले त्याग गर्न सके भने,राजा प्रति जनताको समर्थन बड्छ भन्ने मात्र मेरो राय हो। हुन त तपाइ धेरै जान्ने बुझ्ने हुनु हुन्छ,तपाइलाइ यो कुरा पनि Idiots लाग्ला,तर शान्त भएर सोच्नुस न तै पनि।
Read Full Discussion Thread for this article