Posted by: shirish March 7, 2007
Login in to Rate this Post:
0
?
बिहान बिहान कम्यूटर रेलमा एउटीले ओठ टोकेको देख्दा फुरेको !
भोली के गर्दी रहेछ हेर्नु पर्ला !
ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले खाली हाम्रो भबिष्यको बार्तालाप चिताएं !
So here it goes:
उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !
निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !
फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !
ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !
थली= plain elevated land