Posted by: MR_TRUTH March 7, 2007
kothe patrakarita?
Login in to Rate this Post:     0       ?        
With so many mud slinging, name calling in shaja threads, I thought this would be helpful for discussion.. that's all. महानुभाबहरु, कुरा दिपेंद्र र दरबार हत्याकांड कै हो. पम्फादेबिले दिब्यानिको जात तल्लो स्तरको राना भयेको कारणले मान्दै नमानेको र दिपेंद्र्को रिस गोलिमा बद्लियेको प्राय सबैको मुखमा छ नै . पत्रप्रतिकाहरुमा त यस्को बिश्लेशन भै नै राख्यो . तर कुरा तल्लोस्तरको जात नभयेर दिब्यानिको भारतिय खुनको मिसावट्को कारणले नै पम्फादेबि अनि बिरेंद्र्ले सहमति नदियेका हुन भन्ने कतै देखियेन त्यतिबेला . एउटा बुढा जो राजनितिग्य थियेनन्, बिरेंद्र र एश्वर्यको सगाइमा अनि बिहेमा सामेल थिये, उंको अनुसार महेंद्रको नियम नेपालको उत्तराधिकरिलाइ भारतिय रगत संग बिहे गर्न सख्त मनाहि गरेको थियो रे, साथै यही नियम बिरेको पाला देखी लागु गरया थियो..बिरेको सगाइमा एकसे एक युवति हरु जसमा भारतको राजा रजौटाका छोरिहरु थियेनन् , उच्छ्रिंखलता ब्याप्त थियो पार्टिमा, एश्वर्य चाहि कुनामा चुपचाप कुनामा शुभाशिलि नारि ( हा..हा.. आइरोनिक्) को तरहले बसिरहिन्.. महेंद्रलाइ सारहै मन पर्यो उंको काइदा अनि त्यहिलाइ रोज्न बिरेंद्रलाइ निर्देश दिए.. कुरा निकै रोचक थियो र बिस्वास पनि लाग्यो किनभने महेंद्रका संतानहरु क्सैको पनि भारतिय संग बिहे भयेनन्, यहा सम्म कि सबै छोरिहरु पनि.. नेपालि राजाको बिदेशि बैबाहिक सम्बंधले राष्ट्रियता मै आंच आउने उंको बिचार थियो.. अब तपाइहरुलाइ कस्तो लाग्छ यो हत्याकाण्ड्को बिश्लेषण? हुन त मेरो सोर्स एउटै मात्र हो धेरै लेखाजोखि गर्या छैन्.. यि कुरा चाहि कोठैम बसेर लेख्या हूँ..बोरिंग भयेर...सत्य कुरा को पत्ता बिचार बिमर्शबाट लाग्छन भने यो थ्रेड्लाइ सफल नै मान्ने छु तर प्लिज त्यो ग्यानेंद्र पारसको षड्यंत्र लेखेर यसलाइ डबल कोठे पत्रकारिता नबनाउन बिंति छ (हो हजुर मलाइ पनि अलि अलि बिस्वास लाग्छ तर still reasonable doubt... :-)
Read Full Discussion Thread for this article