Posted by: Rahuldai March 6, 2007
I LOVE THE KING, I LOVE HM KING GYANENDRA BIR BIKRAM SHAH DEV
Login in to Rate this Post:     0       ?        
भुत्रो जस्तो र गुरे जी, सर्बप्रथम त मैले कसैलाई गाली गरेको छु र ब्यक्तिगत रुपमा ? ज्ञाने र तिनका पूर्खा तपाईंहरुको ससुराली खलक पर्दछ र म माथि गाली दिन ? ल भैगो, तपाईं हरु हुर्केको सभ्यता त्यस्तै हुनु पर्दछ, जुन शैली मा प्रतिकार गर्नु भयो । १-हो १४ महिना छोटो समय हो, तर सर्बसक्तिमान शासक को लागि त्यो अबधी थोरै भन्न मिल्दैन । राजानैतीक पार्टी बाहेक आमा नगरिक को साथ भएको बेला हो त्यो । हुने बिरुवा को चिल्लो पात्, कहाँ देख्नु भयो । के देख्नु भयो त्यती बेला कि देशमा अब राम्रो हुन्छ, शान्ति हुन्छ भनेर ? हामी आम जनताले शान्ति खोजेको हो, रोजीरोटी खोजेको हो ? कुनै भिन्नता वा आशाको किरण देख्नु भयो ? नेपाल मा बसेको भए थाहा हुन्थ्यो राज्य आतंक भनेको के हो र कस्तो हुन्छ भनेर । बिदेशमा बसेर भुक्न धेरै सजिलो हुन्छ मित्र । २०३८ बर्ष बिरासत मा पाएको सत्ता हो त्यो के गर्‍यो जनता को लागि ? ज्ञानेको मन्त्री ले DG बनाउन २५ लाख मागेको म आँफै साक्षी छु । २-हो राजानैतीक पार्टिको अदुर्दशिता र खिचातानी ले देश मा अस्थिरता भयो । लोकतान्त्रमा त्यस्ता पार्टी र तिनका चोर फटहा हरु लाई बडल्ने अधिकार तपाईं सँग छ, हामे तपाईं ले भन्नु भयो, कतिवटा चुनाव भए र कति खर्छ भे भनेर । तपाईं आँफै हिसाब गर्नुस् । देशको सम्पत्ति कति दुरुपयोग भए भएन भनेर । २०४७ साल को आम निर्वाचन पछि ५२ साल मा हुनु पर्नेमा ५१ साल मा भयो । अनि ५६ साल मा ? १० बर्षा मा हुनु पर्ने ३ वटा निर्बाचन ९ बर्ष मा भयो । कहाँ दुरुपायोग भयो, मित्र ? अनि १ वटा निर्वाचनमा कति खर्च हुन्छ ? खर्च हुने डरले निर्बाचन न गराएको मुलुक कुन छ ? त्यो भन्दा नि १ वटा निर्वाचन को खर्च झन्डै १ अरब जती हुन्छ, ( पहिलो निर्वाचन को खर्च त कारीब २५ करोड मात्र, दोस्रो को ४० करोड र तेस्रो को अलि बढी नै ८० करोड खर्च भएको मोटामोटी अनुमान छ । १ वटा निर्वाचन को खर्च जती त ज्ञाने ले १ बर्ष को घर खर्च लिए ? निर्वाचन मा भन्दा ज्ञानेको निजी खर्च मा राष्ट्र्को ढुकुटी खर्च गर्नु राम्रो भयो होइन तपाईंको भनाइ अनुसार ? मित्रहरु, बुझेर जवाफ लेख्नु, नेता चोर भए भन्दैमा लोकतान्त्र नै अफाप भन्ने भ्रम छोड्नुस् । लोकतान्त्र को बिकल्प राजातन्त्र हुनसक्दैन । यती मात्र हो मेरो भन्नु को अर्थ ।
Read Full Discussion Thread for this article