Posted by: ramguragain March 6, 2007
YEsta le NAya Nepal banauchhan?
Login in to Rate this Post:     0       ?        
माओवादीले चितवनको कुमरोज गाविसस्थित पुमोरी जंगलमा काटेका रूख बिक्रीका लागि लैजान ट्रकमा लोड गर्दै । उनीहरूले त्यस क्षेत्रमा करिब ८४ बिघा जंगल कब्जा र फँडानी गरिरहेका छन् । गत बिहीबार मात्रै उनीहरूले १५ लाख रुपैयाँ बराबरको काठ बिक्री गरे । जंगल फँडानीले आसपासका सौराह, कुमरोज, धरमपुर, गौबई, बैरिया, बछ्यौली, नजकौली गाउँ नदीको कटानबाट प्रभावित हुने भएकाले स्थानीय बासिन्दाले फँडानी रोक्न प्रशासनसमक्ष आग्रह गरेका छन् । प्रशासनले फँडानी रोक्न पहल नगरेको स्थानीयवासीको गुनासो छ भने माओवादीका इलाका इन्चार्ज कृष्ण अर्यालले ँमाथिको आदेश’ अनुसार काम गरिएको भन्दै पार्टीले रोक्न निर्देशन नदिएसम्म जारी रहने बताए
Read Full Discussion Thread for this article