Posted by: sarojlover March 5, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
what these so called tigers trying to prove now.. REAd the news.. सुनसरी- मधेश मुक्ति टाइगर्सले मधेश आन्दोलनको अवधि भरी पहाडी मूलका नेपालीहरुलाई मधेश छाड्न चेतावनी दिएको छ । शनिवार टाइगर्सका केन्द्रीय संयोजक राजनद्वारा जारी गरिएको विज्ञप्तिमा सो चेतावनी दिइएको छ । विज्ञप्तिमा पहाडी मुलका नेपालीहरुले आफ्नो चेतावनीलाई बेवास्ता गर्दै मधेश नछाडे फौजी कारवाही गरिने जनाइएको छ । मधेशी जनतालाई समानता र मानवाधिकारबाट बञ्चित राख्ने खस ब्राम्हणवादी राज्यसत्ताले भुटानी शरणार्थी, आसामी तथा बर्मेलीहरुलाई मधेशी भुमिको अतिक्रमणमा छुट दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेश माथिको पहाडीयाहरुको अतिक्रमणलाई नियन्त्रण गर्न बुधबार राती सुनसरीको हरिपुरबाट ११ जनालाई नियन्त्रणमा लिनु परेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मधेशभुमीमा कार्यरत सरकारी कर्मचारी, सुकुम्बासी लगायतकाले मधेशको संस्कृति, भाषा, भेषभूषा र कर स्वीकार गरे कुनै पनि कारवाही नगरिने तर दौरा, सुरुवाल र टोपी लगाई मधेशभुमीमा हिंड्डुल गर्ने जो कोहीलाई पनि फौजी कारवाही गरिने चेतावनी दिईएको छ । राज्यले मधेश र मधेशी जनताको मागलाई बेवास्ता गरेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान सभाको निर्वाचन मधेश र मधेशी जनताका लागि धोका भएकाले त्यसको कुनै औचित्य नरहेको उल्लेख गरिएको छ । यसैबीच टाइगर्सद्वारा बुधबार राती अपहरित ११ जनालाई शुक्रबार राती सप्तरीको जोगनीयाबाट मुक्त गरिएको छ । मधेशी मानवअधिकारकर्मी जङ्गबहादुर सिंह र सञ्चारकर्मी पङ्कज झाको रोहबरमा शनिवार भित्रमा मधेश छाड्ने शर्तमा मुक्त गरिएको अधिकारकर्मी सिंहले जानकारी दिनुभयो ।
Read Full Discussion Thread for this article