Posted by: Rahuldai March 5, 2007
!!!!!GIRIJA IS DEAD!!!!!
Login in to Rate this Post:     0       ?        
मित्रगण, गिरिजा लाई गाली गर्ने हरु साझा भरि छन । गाली को नयाँ शब्दकोश नै बन्न बेर छैन । राजाबादिले भक्कुमार् गाली गरेकै छन । केहि बाबुजीहरु( बाम बुद्धि जीवि)हरु त्यो भन्दा एक् कदम् अगाडि छन्। गाली गर्नुस्, दिल् खोलेर् गाली गर्नुस्। गिरिजा ले गरेका गल्तीहरु गाली गर्न लायक् छन्। तर कसैको म्रुत्यु को कामना गर्ने परपीडक चाहिँ न बनौं। एकहफ्ता अगाडिको कुरा हो, काठ्माण्डौ का गल्ली गल्लीमा गिरिजा मरेको खबर् छाए छन्। मध्यान्न निस्कने २ रुपैया पत्रीकाहरु ले मरेको पुष्टि गरे। केहि साप्तहिकले कोमा मा रहेको लेखे। आखिर् गिरिजाको मृत्यु चाहनेको उद्देश्य के हो? copycatको भनाइ सापटी लिने हो भने बालुवाटार् को प्र म निवास् को पानी मात्र जन्डिसको बिषाणुले बिषाक्त हुनु मात्र संयोग् न होला। बामपन्थीहरु को प्रचण्ड बहुमत रहेको अन्तरिम संसद मा अझै गिरिजा प्रधान मन्त्री भैरहनुले गिरिजाको आज को परिपेक्षमा आबश्यकता प्रष्टिन्छ। अर्को ठुलो पार्टि ए माले ले पनि अर्ध मन् ले गिरिजालाई स्वीकारेकै अबस्था छ। तै पनि गिरिजा मार्ने षडयन्त्र हुन्छ, मरेको झ्याली पिटिन्छ। केहि परपीडकहरु ली लड्डु नि बाँडे। जन्डिस् ले ग्रसित्, निमोनिया ले बिगारेको ८६ बर्ष् पुरानो बुढो शरिर् लाई घिच्याउँदै राष्ट्र प्रमुख को बोझ बोकिरहेका छन्, दिन् दिनै बिभिन्न बैठक् र भेट्घात् मा ब्यस्त छन् र पनि मरेको हल्ला आगो झै फैलाइन्छ। तराइ जलेको आगो ले पुगेन क्या र? गिरिजा मरोस् र एउटो भएको प्र म को कुर्सी बामपन्थी बीच मारामार् होस् र संसद् मै अस्थिरता होस् भन्ने दुषित् मानसिकता कस्को हुन सक्छ? बुझ्नेलाई इशारा काफि छ। कसैले मर्ने कामना गर्दै मा मर्ने भए झन्डै१ अरब मुशल्मानले बुश मरोस् भनी नमाज् पढ्लान्, मरेको छैन र मर्दैन यति छिटो। जीवन दिन सक्दैन भने मृत्युको कामना पनि गर्न मिल्दैन। मित्र गण, मैले माथि का केहि शब्दहरु, गिरिजाको भजन गाउन लेखेको होइन। गिरिजा संग मेरो पनि थुप्रै बिमति छन्, गाली गर्नै पर्ने ब्यक्ति हुन्। तर आफुलाई महान् नेपाली भन्ने गौरब गर्ने तर देशका आन्तरिम राष्ट्राध्यक्ष को मृत्यु को कामना गर्ने? यहि को हाम्रो राष्ट्रबाद्? कुन चाहि देश् को नागरिकले यस्तो सोचेको हुन्छ। कुर्सि छोड् भन्नुस्, देश् छोड् भन्नुस् तर संसार् छोड् भन्नु चाहिँ सभ्य समाजले सुहाउदैन। धेरै बाच्दैन गिरिजा, उमेर र स्वास्थ दुबै डाँडा पारिको घाम भैसकेको छ। बाचुन्जेल् त मृत्युको कामना न गरम्। मेरो भन्नु यति हो।
Read Full Discussion Thread for this article