Posted by: do_not_remember_me_1 March 5, 2007
माओवादीद्वारा र्सवसाधारणमाथि गोली प्रहार
Login in to Rate this Post:     0       ?        
रमेशचन्द्र अधिकारी (www.ekantipur.com) उदयपुर, फागुन २० - माओवादीको हतियारधारी समूहले शनिबार राति उदयपुर र सप्तरीको सीमावर्ती प्रि्रा पश्चिम गाउ“का स्थानीयवासी माथि गोली तथा हतियार प्रहार गर्दा चार गाउ“ले गम्भीर घाइते भएका छन् । उक्त घटनाको विरोधमा स्थानीयवासीले आइतबार दिनभर पर््रदर्शन गरे । माओवादी समूहले राति साढे १० बजे गाउ“ प्रवेश गरी स्थानीय बासिन्दालाई गोली प्रहार गर्दा स्थानीय कमल काफ्ले र घने परियार गम्भीर घाइते भएका हुन् । उनीहरूमध्ये काफ्लेको कञ्चट र घा“टीमा गोली लागेको थियो भने परियारलाई एक गोली लागेको स्थानीय रामप्रसाद भट्टर्राईले बताए । काफ्लेको शरीरमा लागेका तीन गोलीमध्ये एउटा निकालिएको आफन्तले बताए । उक्त घटनामा स्थानीय गोपाल खड्का र सने परियारलाई दाउराको चिर्पटले आक्रमण गर्दा उनीहरूको अवस्थासमेत गम्भीर छ । घटनास्थल उदयपुरको त्रियुगा नगरपालिका-११ र सप्तरी जिल्लाको प्रि्रा पश्चिम गाविस-२ को बीचमा पर्दछ । स्थानीय जनता निमावि नैनधावरको राहत दरबन्दी शिक्षक पदमा माओवादी बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तारा तिम्सिनाकी पत्नी उर्वसा तिम्सिनालाई म्याद थप नगरेको विषयमा विवाद हु“दा उक्त घटना भएको स्थानीयवासीले जनाएका छन् । घटनामा गोली लागि गम्भीर घाइते भएका काफ्ले उक्त विद्यालयका व्यवस्थापन समितिका सदस्य हुन् । घटनामा माओवादी कार्यकर्ता जमिन, रमेश राउतलगायतले आक्रमण गरी गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले समेत पुष्टि गरेको छ । गम्भीर घाइतेमध्ये काफ्लेलाई राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानतर्फलगिएको थियो । परियारलाई आइतबार बिहान त्यसतर्फलगिएको पीडितका आफन्तले जनाएका छन् । यसैगरी अन्य दर्ुइ घाइतेको भने सिराहाको लाहान नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ । घटनाको विरोधमा उक्त क्षेत्र आइतबार दिनभर तनावग्रस्त भएको थियो । घटनास्थलमा भेला भएका सयौं स्थानीय बासिन्दाले घटनाको बारे जानकारी लिन त्यहा“ पुगेका माओवादीका सप्तरी जिल्ला सेक्रेटरी अमरसहित एक दर्जन बढी कार्यकर्ताहरूलाई कुटपिट गरेका छन् । उनीहरूले केही माओवादी कार्यकर्तालाई भने नियन्त्रणमा लिएको जनाएका छन् । नियन्त्रणमा लिइएकाहरूमा विष्णु पौडेल, कासी घिमिरे, नानीबाबु तिम्सिना र बद्री अधिकारीलाई गाउ“लेहरूले प्रहरीको जिम्मा लगाएका छन् । स्थानीयवासीहरूले कुटपिट गर्न थालेपछि माओवादीका ज्योति भनिने शिव यादवलगायतको समूह भने भागेको समेत जनाइएको छ । स्थानीयवासीका अनुसार त्यहा“ आठ जनाको संख्यामा रहेको प्रहरीले भीड नियन्त्रण गर्न नसकेपछि स्थिति तनावपर्ूण्ा भएको थियो । And We are hoping that these bitch**es would build the nation....What a fucccccccck????
Read Full Discussion Thread for this article