Posted by: Dalli Resham March 5, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
खबरदार च्याट पारखीहरु ओजश्वी शर्मा वासिङटन डीसी, मार्च ३ इन्टरनेट सेवालाई सही उपयोग गर्न नजान्दा मै हुँ भन्ने कतिपय दिग्गजहरुले पनि दुःख पाएका घटनाहरु अमेरिका लगायतका विकसित मुलुकरुका समाचारमा प्रत्यक्ष हेर्न र पढ्न पाइन्छ । इन्टरेनटमा विशेष गरेर उमेर नपुगेका बालबालिकाहरुका अश्लिल तस्वीर तथा भिडियोलाई फैलाउने समुहहरु प्रशस्त भेटिन्छन् । र समय समयमा यस्ता बाल दूराचारीहरुलाई स्थानीय प्रशासनले पक्राउ गरेको समाचारहरु पनि संचारमाध्यमहरुले प्रशारण गर्दै आएका छन् । त्यतिमात्र हैन इन्टरनेट सेवा जति वयस्कहरुका लागि खोजपूर्ण र पढाइमा सहयोगी बन्दै आएको छ त्यति नै आजभोलिका युवायुवतीका लागि अभिषाप पनि बन्न पुगेको छ । अमेरिकी समाजमा आफ्ना छोराछोरी १२ तेह्र वर्ष पुगेपछि उसका बाबुआमाले उसको कोठामा पस्यो भने पनि मेरो निजी जीवन अर्थात् पस्रनल लाइफमा किन बाधा पुर्याउँछौ भन्ने ओठे जवाफ दिने वयस्कहरुका कारण अमेरिकी बाबु आमा पनि आफ्ना बच्चाको सुमधुर भविष्यप्रति चिन्तित देखिन थालेका कयौं घटनाहरु समय समयमा पढ्न पाइन्छ । उमेर नपुगेका युवा युवतीहरुलाई अमेरिकामा जाने बुझेका कतिपय चिकित्सक शिक्षक वयस्क विद्यार्थीहरु लगायतले रोमान्स गर्ने निहुँमा समय भयो कि च्याटमा बस्ने र अश्लिल कुराहरु गर्नेहरुको संख्या बढ्न थालेपछि विगत केही वर्षदेखि अमेरिकाका स्थानीय टेलिभिजन प्रहरी प्रशासनको सहयोगमा त्यसरी कम उमेरका बालबालिकाहरुसँग च्याट गर्नेहरु फसेका र जेल सजाय पाएका घटनाहरु क्रमशः बढ्न थालेका छन् । याहु मेसेन्जरमार्फत् रोमान्समा पसरे विगत झण्डै एक महिनाअघिदेखि च्याट गर्दै आएका फ्लोरिडास्थित वेस्टपावीचमा रही अध्ययनरत एक २२ वर्षे विज्ञानका विद्यार्थी आखिर प्रहरीको फन्दामा मात्र परेनन् उनले १३ वर्षे युवतीसँग सम्बन्ध राख्नु नाजायज हो भन्ने जान्दा जान्दै र यस्तो कार्यमा प्रहरी प्रशासन समेत लाग्ने गरेरको आफूलाई थाहा हुँदा हुँदै पनि चार चार घण्टाको बाटो मोटर चलाएर युवतीले भनेको स्थानमा फूलको गुच्छा चकलेट कि्रम र परिवारनियोजनको साधन सहित पुग्दा आखिर प्रहरीको पंजामा पर्न गएको खबरले अमेरिकामा बस्ने नेपाली समुदायमा समेत यसको नराम्रो असर पर्न गएको छ । सायद नेपालमा साइवर क्याफेमा बसेर घण्टौं च्याटमा अश्लिल कुरा गर्ने बानी परेका नेपाली विद्यार्थीहरु पनि अमेरिकाका कतिपय कलेजहरुमा अध्ययनका लागि आएका छन् । यदि त्यसरी च्याट गर्ने बानी परेका हाम्रा अधवैंशे युवायुवतीहरुले पनि सोच्ने बेला आएको छ कतै म गलत बाटोमा त लागेको छुइन भनेर । सायद अब ती वेस्टपामवीचका २२ वर्षे युवकले हत्कडी सहित नेपाल फर्कनु बाहेक अन्य कुनै उपाय नहोला । आफ्नो सुनौलो भविष्य बनाउन अमेरिका आइपुगेका यस्ता विद्यार्थीहरुमात्र हैन अन्य व्यवसायमा लागेका नेपालीहरुले पनि यस्ता कुराप्रति सचेत नहुने हो भने अझै कति नेपालीहरु यस्ता नराम्रा काममा फस्ने हुन् भन्ने चिन्ता प्रत्येक अभिवाकले गर्नुपर्ने भएको छ । यसैले संचारको लागि सुलभ बनेको इन्टरनेट सेवालाई लाभप्रदका रुपमा उपयोग गर्न सक्यो भने त राम्रै हो तर यस्तै समय कटाउने काममा रोमान्समा प्रयोग गर्ने हो भने तपाईंले आफ्नो भविष्य त विगार्नुभयो भयो आफ्ना छोराछोरीले राम्रो गर्लान् भनेर सोचेका तपाईंका बाबुआमामाथि समेत तपाईंले ठूलो बज्रपात गराउनुहुनेछ यसर्थ अन्यथा नमानी यदि तपाईं पनि जानि नजानी त्यस्ता गलत कार्यमा लाग्नुभएको छ । विना चिनजानका व्यक्तिहरुसँग घण्टौं समय विताउनुहुन्छ भने त्यो समयको बरवादमात्र होइन तपाईंको भविष्यको समेत वरवादी ठान्दै आजैदेखि त्यस्ता कार्य छाडन् हुन विनम्र अनुरोध छ । आजैदेखि तपाईले पनि इन्टरनेट सेवालाई त्यस्ता विकृतिमुलक कार्यका लागि प्रयोग गनर्नु नै बुद्धिमानी हुने थियो कि आगे तपाईंको विचार ।
Read Full Discussion Thread for this article