Posted by: pire March 4, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
बोडेगा ब्रो, १ पहिलो पटक पक्राउ पर्ने मान्छेले एकपटक मात्र क्राइम गरेको हुन्छ भन्ने ग्यारन्टी के? ए बाबा, पक्राउ नपरेर पल्कि पल्कि हिडेको पनि हुन सक्दैन? मेरो पहिलो पटक गाडीको ओवरस्पिडको टिकट पाउँदा को कुरो गरम न, तेस्ता ओवरस्पिड त कति चलाइयो कति, कहिले पक्राउ पर्‍या हैन। अनि ए मलाई त कसले समात्छ र भनेर एकपटक हाईवेमा सुइँय कुदाको त पछडि'ट पिलपिलि बत्ति बाल्दै आइगो मामा। तेस्तै हो। २ हरेक समाजमा बस्ने बित्तिकै इम्प्लिसिटलि तेसका नियम कानून मान्छु भनेको हो। नेपालमा बस्नु को अर्थ त्यहाँको कनून मानेको भनेको हो। ए मलाई था'थे'न, अब गर्दिन भनेर काँ पाइन्छ? बिष्टजीको मामलामा पनि त्यहि लागू हुन्छ। चाचार घण्टा लाएर तेर्‍ह बर्षको केटिसमात्न जाने हो? तपैले भन्या मान्ने हो भने त अण्डरकभर कप हरु जो ड्रग डिलरलाई समात्न जान्छन त्यो सबै गैर्‍हकानूनि भयो नि। 'त्यो साला कपले मलाई फसायो, ट्र्यापमा पर्‍यो, कप भन्ने थाहा थिएन' भने भएन? एनि वे, स्याना कुरालाई बडाएर ठुलो बनाइस भनेर म जाबो पिरेलाई गाली गर्नु भो। नियम कानून जान्ने मान्छे तपाईलाई नै बडि थाहा होला यो कुरो। तर मैले साधारण कुरो सोधेको: तपाईँको घराँ आएर बिष्टजी तपाईको तेर्‍ह बर्षको छोरि सँग हाँस्दै जिस्कदै गर्नु भो भने तपाई के गर्नु हुन्छ? टेक इट इजि भन्दै बस्नु हुन्छ? तपाई गर्नु होला, म त सक्दिन। Rahulbhai: खै मेरो बानी त L A Confidential को रसेल क्रो को जस्तो छ, मोलेस्टरहरु भन्यो कि झनक्क रिस उठ्छ। ke garne holaa? :-)
Read Full Discussion Thread for this article