Posted by: Rahuldai March 4, 2007
Where is Baburam's daughter?
Login in to Rate this Post:     0       ?        
मित्रगण्, बाबुराम् को छोरि के गर्दै छिन् भन्दा पनि महत्वपूर्ण कुरो बाबु राम् के गर्दै छन् भन्ने हो। जिन्दगीमा कहिलेइ दोस्रो न भएको बाबुराम, अहिले दोस्रो छन्, माओवादी रोल क्रम मा । मान्छे मारेर क्रान्ति गर्ने दिब्यदृष्टी कहाँबाट आयो, अनुसन्धान गर्नै पर्ला । कमाउन पनि कुस्त कमाएकै थिए, काठ्माडौमा कन्सल्टान्सी चलाऊदा । कोटेश्वर मा एउटा सुन्दर बंगला नै थियो । बंगला भाँडा मा राखेर केही बर्ष ससुराली मा नि बसेको थ्यो, भुरुङ खेल मा । यो मान्छे मार्ने क्रान्ति कहीं ससुराली को देन त होइन, कहिले काहीं सोच्छु म । हिसिला यमि का ६ ( शायद) दिदी बहिनी र एक दाजु छन । दिदी बहिनी हरु सब एक से एक उग्र बाम बिचार का छन । एक् जना अमेरिका तित् डाक्टरि पेशा गर्दा रएछन्, अर्को रोनास्ट्मा बैज्ञानिक्, अर्को एकजना पद्म कन्या क्याम्पस् मा पढाउने अर्को एक जना इन्जिनियरिङ् क्याम्पस् मा पढाउने। सबै जना ले राज नितिमा हात् खुट्टा हालेका थिए कुनै न कुनै जमानामा। बिचरा दाजु चाँही भौतिक योजना मन्त्रालयमा उप सचिब छन । सुनिन्छ बिधान रत्न यमि हर हमेशा पुर्ख्यौली घर जग्गा को लाल् पूर्जा बृफकेशमा बोकेर हिड्छ रे। दिदि बहिनि हरु को क्रन्तिकारि कदम मा सब् सम्पति स्वाहा होला भन्ने डर् रहेछ। जहाँ सम्म उनको छोरिको कुरा छ, जन युग्द चलुन्जेल्, बेलायत र भारतमा सुरक्षित अध्ययन भन्ने कि बसाइ थियो रे, आजकाल पार्टिको काममा सघाउँछिन् रे। बुझि नसक्नु छ, क्रन्तिकारिका जीवनहरु। जनयुग्द को नाम् मा बित्थामा निर्दोष मारिए। कुनै पश्चाताप् छैन। ८३ संसद मा मख्ख छन्। हिसिला यमि त रा प्र पा निकट कर्मचारि संघ को साथमा खानेपानी संस्थान् निजीकरण को बिरोधमा मन्त्रालय घेराउमा पुगेका रे, अनि राप्रपा संघ क्रन्तिकारि को गठ्बन्धन भनेर कुनै पत्रकारले सोध्दा, सबै राजाबादि खराब् हुदैनन् भनेर जवाफ् दिइन् रे। यो कुरा ले धेरै बर्ष अघी देखि मैले भन्दै आएको कुरा प्रज्ञा पथ ( प्रचण्ड ज्ञानेन्द्र पथ्) को पुष्टी गर्दछ । हुन त धेरै मित्रहरु म संग यो प्रज्ञा पथ बारे सहमत न हुनु होला । मैले बुझेको राजनिती र ज्ञानले त्यही भन्छ, प्रचण्ड पथ कहिलेइ थिएन । अहिले प्रज्ञा पथ छैन र न प्रचण्ड पथ छ । न ज्ञानेन्द्र पथ छ ।
Read Full Discussion Thread for this article