Posted by: happy days March 4, 2007
maobadi's dadagiri still going on
Login in to Rate this Post:     0       ?        
बिद्यालय शिक्षक नियुक्तीको बिषयमा बिबाद भएपछि माओबादीले प्रहार गरेको गोली लागी सप्तरीको पिपर्हा गाबिसमा दुइ जना सख्त घाइते भएका छन । घाइते हुनेमा कमल काफ्ले र धनी परियार रहेका छन । पिपर्हा गाबिसको एक बिद्यालयमा करारमा कार्यरत माओबादी निकट उर्वसी तिमिल्सिनालाइ निरन्तरता दिनुपर्ने माओबादी मागलाइ स्थानीयबासी र बिद्यालय ब्यबस्थापन समितिले नमानेपछि बिबाद बढ्दा माओबादीले गोली प्रहार गरेको थियो । हिजो बेलुका भएको उक्त घटनापछि आक्रोशित स्थानीय बासिन्दाले माओबादीका स्थानीय कार्यकर्ता र समर्थक बिरुद्ध प्रदर्शन गरेका छन । अहिले घाइतेहरुको बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । यता माओवादीले भने घटनामा संलग्न व्यक्तिहरू आफ्ना कार्यकर्ता नभएको बताएको छ । उनीहरू केही समयपहिले माओवादी कार्यकर्ता भएको तर हाल सर्म्पर्कबिहीन भएकाले आफूहरूले समेत उनीहरूको खोजी गरिरहेको माओवादी सेनाको सिन्धुलीस्थित दोस्रो डिभिजन कार्यालयका वसन्तले बताए । घटनापछि स्थानीय बासिन्दाले तिम्सिनाको घर घेरा हाली माओवादीविरुद्ध नाराबाजी गरेका छन् । अहिले उक्त क्षेत्र तनावग्रस्त रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे पुष्टि गर्दै तत्कालै अनुसन्धान थालिएको बताएका छन् । घटनास्थलमा आइतबार बिहानैदेखि सप्तरी कडरवनास्थित प्रहरी चौकीका इञ्चार्ज विनोद वस्नेतको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । घटनास्थल सप्तरी र उदयपुरको सिमानामा पर्छ । namasteeurope.com
Read Full Discussion Thread for this article