Posted by: pire March 1, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
बाई द वे, बिरादरहरु ले 'कग्निटिव डिस्सोनन्स' भन्ने सुन्नु भाको छ कि छैन हो? यो चाहि साइकोलोजिमा 'मलाई केहि हुदैन' 'मलाई कसैले पक्रदैन' 'दु:ख हुने त अरुलाई पो हो' भन्ने खालको सोचाइलाई जनाउँछ। धेरै नेपालीलाई यस्तो हुन्छ। उदाहरण: हाम्रा माओबादि मित्रहरु नै हुन। आज मान्छे सुइँसुइँति मार्दै हिडेकाछन।'हाम्लाई कल्ले छुन सक्छ र?' 'सद्दाम पो स्वाँठ थियो' 'मिलासेविच जस्तो कमजोर हम् र हामी' 'कति जान्नि बुझ्नि छम' 'देश खाई शेष भाका छम' भन्दै हिडेकाछन। भोलि पक्राउ पर्दा था'पाउँछन। अनि यिनै गूण्डा कार्यकर्ता सबै 'हाम्लाई नेताले भनेर पो' भन्दै हिड्ने छन। ज्ञाने पनि अर्को उदाहरण हो, गएको सालसम्म क्या फुर्तीफार्ती थियो, ओहो, कता हवाइजहाज लिएर हिड्याछ, कता अटोग्राफ भर्दै हिड्याछ गर्‍यो, अहिले मुसो जस्तो भएर बक्तब्य दिदै हिड्नु बाहेक अरु केहि बिकल्प छैन ब्रोलाई। यो बिष्टे त झन मापाको पो रैछ, डेटलाइन हेरेको मान्छे, माइनर भन्ने त थाहा थियो नि, अनि किन के के चिज बोकेर बच्चिको घर जान परेको? जे होस, अब साझाका बोका हरुले यति मात्र ख्याल गरे त हुन्थ्यो। भोलि फेरि डेटलाईनमा साझाकै याक्टिभ मेम्बर देख्न नपरोस।
Read Full Discussion Thread for this article