Posted by: blue_moon February 28, 2007
कथा
Login in to Rate this Post:     0       ?        
राता आँखाहरू प्रत्येक दिन बिहानपख म अत्यन्त व्यस्त हुन्छु । यो व्यस्तताको मेरो नियमित र अनिवार्य दिनचर्चाभित्र पर्नेगर्दछ । अर्को शब्दमा भन्ने हो भने घरभित्रका सबै काममा मेरो एकाधिकार छ । हाम्रो पितृसत्तात्मक समाजले गर्दै आएको श्रमविभाजन अनुसार भाँडामाझ्ने, कोठा सफा गर्ने, भात पकाउने, पानी ल्याउने, बजार गर्ने र यहाँसम्म कि धर्म प्राप्तिका निम्ति गरिने पूजाआजा पनि मेरै भागमा पर्छन् । यसबेला मलाई फर्ुसद पटक्कै हुँदैन । त्यसदिन पनि म सनातन नियमअनुसार पूजा गरिसकेपछि चिया पकाउन भान्सामा पसेकी थिएँ । मेरो आठ वर्षो सानो छोरो खानेकुराको विषयमा कचकच गरिरहेको थियो । उसको स्वभाव यस्तै छ । उसलाई चियासित बिस्कुट नै चाहिन्छ । बिस्कुट बाहेकका अन्य कुराहरू, च्यूरा, पाउरोटी, गोलफवकी या निम्की आदि जस्तो कुनै वस्तुमा पनि ऊ सहमत हुँदैन । तर त्यसदिन घरमा बिस्कुट थिएन । त्यसैले ऊ गनगने शैलीमा झगडा गर्दै थियो । उसको यो ढिपीबाट कुनै पनि र्सतमा मुक्ति नपाइने भएकोले मैले ठूली छोरीलाई बिस्कुट किन्न पसल पठाएँ । हाँसोको परग छुट्यो । मेरा आँखा झ्याल बाहिर गए । चिया पसलको आँगनमा राखिएका बेन्चीहरूमा बसेका मानिसहरू मेरो डेरा अगाडिको घरमा बस्ने अर्जुनलाई हेरेर हाँसिरहेका थिए । अर्जुन पनि दाँत ङच्िच पारेर उनीहरूको हाँसोमा मिसिएको थियो । कुराकानीको विषय मैले बुझ्न सकिन । म चिया लिएर भान्साबाट बैठक कोठामा आएँ र श्रीमान्को अगाडि चियाको कप राखिदिएँ । मलाई बिहानको चिया खानेबेलामा एकछिन भए पनि शान्ति चाहिन्छ । तर बाहिरको हाँसोले मेरो मन अस्थिर भयो । "होइन यी लोग्नेमान्छेहरू किन असनको साँढे झैँ भएका - के यिनीहरूलाई चियापसलमा आएर नडुक्री हुँदैहुन्न - घरको सबै काम आफ्नी श्रीमतीले धानिदिएपछि जति हाँसे पनि भयो नि -" मैले निकै आक्रोशपर्ूण्ा मुद्रामा श्रीमान्तिर फर्केर भनेँ । तर मेरा श्रीमान्ले मेरो शब्दव्रि्रोहलाई रौं बराबर पनि गनेनन् । उनले भद्रभलाद्मीले झैं सुरुपसुरुप आवाज निकालेर चिया खाइरहे । त्यसो गर्नाले मलाई भित्रभित्रै अझ धेरै बेचैनी बढायो । टोलको त्यो चिया पसलमा हरेक वर्गका मानिसहरू थुप्रिन्छन् । त्यहाँ आउने अधिकांशहरू चिया खानभन्दा पनि गफ गर्ने र सुन्ने मनसायले आउँछन् । यसरी त्यो ठाउँ सधैं अनुत्पादक गफको अखडा बनेको हुन्छ । साहित्यकारदेखि राजनीतिज्ञसम्म, ज्यामीदेखि ठेकेदारसम्म, बेरोजगारदेखि हाकिमसम्मका विभिन्न व्यक्तिहरू त्यहाँ उपस्थित हुन्छन् मानौँ त्यो उनीहरूको आफ्नै साम्राज्य हो । यो भोग्नु पनि समानान्तर रूपमा मेरो दिनचर्या झैँ नियमित र अनिवार्य बनेको छ । मेरो समयतालिकाअनुसार बिहानको अर्को काम हो दैनिक पत्रिका लिन जाने । त्यसदिन पनि म पत्रिका लिन भनी घरबाट निस्केँ । अगाडिको चियापसलको लहरे हाँसो अझै जारी थियो । म त्यो ठाउँलाई छोडेर अगाडि बढेँ । दैनिक पत्रिका अझै आइपुगेको थिएन । त्यसैले म एकछिन बासी पत्रिकाका शर्ीष्ाकमा अलमलिएँ । त्यसैबेला एक हुल सुरक्षाकर्मीहरू पसिना चुहाउँदै ओरालोतिर झरे । त्यसपछि एकछिन सडकमा चहलपहल शून्य देखियो । तर त्यो स्थिति धेरै बेर रहेन । टोलका परिचित दर्ुइ अधवैंशे रामदाइ र होनाचा मुसुमुसु हाँस्दै यतातिर आए । उनीहरू एक पंथ दर्ुइ काज भनेझैँ मर्निङवाक र पशुपति दर्शन सकेर आएका थिए । उनीहरू दुवैको निधारमा पशुपतिनाथको विशेष चन्दन टल्किरहेको थियो । उनीहरू टोलको मुखैमा रहेको एउटा चेपबाट ओझेल भए । त्यसपछि त्यही चेपबाट हस्याङ-फस्याङ गर्दै अर्जुन यतैतिर आइरहेको देखियो । यता पत्रिका पनि आइपुग्यो । पसलेले माथिको एकप्रति झिकेर मलाई तेर्स्यायो । खाना पकाउन हतार भएकोले म पत्रिका लिएर त्यहाँबाट हिँडिहालेँ । "ए भाउजु पख्नोस् । तपाईंसँग एउटा सल्लाह गर्नुछ" अर्जुनले भन्यो । "अहिले म हतारमा छु । खाना पकाएर नानीहरूलाई स्कुल पठाउन अबेर भइसक्यो" मैले भनेँ । "होइन मैले सबैलाई भनिसकेँ । अब म मेरो घरबेटी सालेलाई एक रुपियाँ पनि दिन्न" उसले भन्यो । "म तपाईँसँग दिउँसो कुरा गरौँला । अहिले धेरै अबेर भइसक्यो ।" त्यति भनेर म उसका अरू कुरा सुन्दै नसुनी त्यहाँबाट डेरातिर लागेँ । 'बिहानको सबै काम सकियो । खाना खाएर केटाकेटीहरू स्कुल गए । मेरा श्रीमान् पनि आफ्नो कार्यालयतर्फप्रस्थान गर्नुभयो । त्यसपछिको एक घण्टा म भान्साको सरसफाइमा जुटेँ । बिहानको दस नाघेपछि चियापसल सुनसान हुनपर्दथ्यो, तर भएन । त्यहाँबाट अझै पनि कल्याङमल्याङ कल्याङमल्याङको आवाज आइरहेको थियो । "अरू कुरा थाहा छैन, म त्यो घरबेटीलाई एक पैसा पनि तिर्दिन । कुरै छैन, छ महिनाको तिर्नुपर्ने भाडा पच । कुन मुखले माग्छ त्यो साला, म पनि हेरूँ -" अर्जुन कराइरहेको थियो । भाडा र डेरावालाबीचको द्वन्द्व कुनै नौलो विषय थिएन त्यो टोलमा । प्रायः त्यस टोलमा डेरा गरी बस्ने मानिसहरू समयमा भाडा बुझाउन सक्दैनथे । अभावले पिल्सिएका या नियमित आर्जन नभएका मानिसहरूमा यो विशेषता स्वभाविक हुन्छ । यसमा अर्जुन पनि थियो । उसको पेसा पनि त सुरक्षित छैन । मुलुकमा द्वन्द्वको अवस्था चर्केपछि उसले काम गर्ने होटेलले समयमा तलब दिन सकेको छैन भनेर उसकी स्वास्नीले धेरैपटक भनिसकेको कुरा हो । यस विषयमा उनीहरू र घरबेटी माझ समयसमयमा झगडा परेको सिङ्गो टोललाई थाहा छ । जे भएपनि ढिलो या चाँडो घरबेटीलाई भाडा त बुझाउनै पथ्र्यो । तर यो अर्जुन के भनिरहेको छ - छ महिनाको भाडा पच भनेको के हो - किन तिर्दैन ऊ घरबेटीको पाकिसकेको भाडा - दिउँसो एकछिन टोल सुनसान भयो । हल्ला गर्ने केटाकेटी र गफ हाँक्ने पुरुषवर्गको अभावमा त्यहाँ युद्धविरामपछिको शान्ति जस्तो वातावरण रहृयो । बिदाको दिन बाहेक त्यहाँ सधैं त्यस्तै हुने गर्दछ, सुनसान । तर त्यो स्थिति स्थायी रहेन । एकैछिनपछि पल्लो घरबाट कुनै महिला रोएको आवाज आयो । सुरुमा त्यो मधुरो थियो । पछि क्रमशः त्यो बढेर गयो । केही समयपछि मलाई थाहा भयो- त्यो रुने महिला अर्जुनकी श्रीमती गङ्गा रहिछ । म सामाजिक सद्भाव र सौजन्यताको भावुकताले निर्देशित भएर उसको कोठामा गएँ । गङ्गा उमेरमा मभन्दा कान्छी भएपनि मसँग मित्रवत थिई । गङ्गा रातारात आँखा पारेर ओछ्यानमा सुतेकी थिइ । म पुगेपछि उसको रुवाइको हिक्क-हिक्क अझ बढेर गयो । मैले उसको निधार छामे, ज्वरो निकै थियो । मैले सान्त्वना दिएपछि ऊ केही आश्वस्त भई । त्यसपछि उसको रूवाइ केही अन्तरालको निम्ति थामियो । "गङ्गालाई के भयो -" मैले सोधेँ । "एकदमै निस्लोट ज्वरो आएको छ । साले घरबेटी...." छेउमै बसेको अर्जुनले जवाफ दियो । "डाक्टरलाई देखाउनुपर्यो" मैले सुझाव दिएँ । "तर बुझ्नुभो भाउजु म त्यो पातकी घरबेटीलाई तिर्नुपर्ने छ महिनाको भाडा कुनै हालतमा पनि तिर्दिन ।" अर्जुनले फेरि बिहान धेरैपटक ओकलेको संवाद दोहोर्यायो । ऊ यसपटक धेरै क्रुद्ध भावमा देखियो । तर उसको यो कुरा सकिँदासम्म गङ्गा फेरि डाको छोडेर रुन थाली । उसको अनुहारभित्र विषादको ज्वालामुखी उम्लिएको जस्तो देखिन्थ्यो । "बरू मलाई मार । जिउँदै मार । के घरभाडाको मात्रै कुरा गर्र्छौ - त्रि्री स्वास्नीको कुनै इज्जत छैन -" उसले भनी र पुनः हित्का छोड्न थाली । त्यहाँ अर्जुनको घरबेटी र उसकी श्रीमती बाहेक अन्य कोठामा बस्ने अरू पाँच/छ जना महिलाहरू पनि जम्मा भइसकेका थिए । दिउँसो एक बजेतिर गङ्गालाई अर्जुनले ट्याक्सीमा राखेर महाराजगञ्ज अस्पतालतिर लग्यो । तर त्यो घटना बारेका केही अस्पष्टताहरू बाँकी नै रहे । तीन दिनसम्म गङ्गा अस्पतालमा रही । त्यसपछि ऊ त्यतैबाट माइत गई भन्ने सुनियो । अर्जुन यदाकदा टोलमा देखापर्यो । तर ऊ पूरै बदलिएको थियो । रक्सीले मातेर ऊ टोलभित्र पस्दा मानिसहरू शब्दातीत स्थितिमा पुगेका थिए । त्यस अवधिमा उसको घरबेटी पनि टोलमा देखिएन । कहाँ गयो कसैलाई थाहा भएन । माइत गएकी उसकी श्रीमती फर्किइ । तर ऊ त्यस अवधिमा निकै उदास देखिई । छोटो समयमै उसको अनुहार रगत सुकेर नीलीकाली भएकी थिई । दर्ुइ हप्तापछिको एक बिहान म नियमित झैँ चिया खाइसकेपछि पत्रिका लिन भनी डेराबाट निस्किएँ । गल्ली सकिने ठाउँको चेपनेर पशुपति दर्शन र मर्निङवाकबाट फर्केका होनाचा र रामदाई भेटिए । उनीहरूले मलाई बाटैमा रोकेर भने- "नानी तपाईंले थाहा पाउनु भो एउटा कुरा -" "के कुरा -" मैले उत्सुकतापर्ूवक सोधेँ । "गङ्गा र अर्जुनको डिभोर्स हुने भएछ नि !" "डिभोर्स हुने भएछ रे ! तर तिनीहरू त खुब मिलेका जोडीमा गनिन्थे । फेरि तिनीहरूको प्रेमविवाह भएको एक वर्षपनि त नाघेको छैन" मैले भनेँ । "अर्जुनको नपुंसकताको कारणले गर्दा नै गङ्गा डिभोर्स गर्न बाध्य भएकी हो" होनाचाले थपे । "हो त कस्तो बुद्धु रहेछ त्यो अर्जुन पनि । कहाँ मुद्दा हाल्नुपर्ने मान्छेविरुद्ध भाडा तिर्दिन भनेपछि त्यो नामर्दसित कुनचाहिँ स्वास्नीमान्छे बस्छे -" रामदाइले फेरि थपे । "किन कसलाई मुद्दा हाल्ने -" म अकमकिएँ । "ए तपाईं पनि एकदमै लाटी नै हुनुहुन्छ । अर्जुनको घरबेटी रत्नलालले गङ्गालाई आफ्नो कोठामा बोलाएर जबरजस्ती गरेपछि यो बबाल भएको हो । त्यस्तो गम्भीर अपराधमा रत्नलाललाई छ महिनाको भाडा नदिएर के नोक्सानी पर्छ - ऊ त गङ्गामाथिको बलात्कारको ठूलो मुद्दाबाट जोगियो । त्यस्ता अपराधीलाई त्यसै उम्कन दिन नहुने" होनाचाले भने । त्यसपछि दुवै त्यहाँबाट हिँडे । उनीहरूको कुरा सुनेपछि म ठूलो छाँगाबाट खसेझैँ भएँ । मेरो अगाडि दर्ुइ हप्ता अघि मैले देखेका गङ्गाको आगोको फिलिङ्गा जस्ता राता आँखाहरू उभिए । तिनले मलाई न्यायको निम्ति आहृवान गरिरहेझैँ लाग्यो । म आफूलाई सम्हाल्दै पत्रिका पसलतिर हुत्तिएँ । ममता शर्मा नेपाल
Read Full Discussion Thread for this article