Posted by: Hi_nanu February 27, 2007
के गर्छन होला त राजा दरबारमा बसेर?
Login in to Rate this Post:     0       ?        
म जस्तै धेरै नेपालि देशमा कुनै पनि मूल्यमा शान्ति र विकाश चाहन्छन।तर दूर् दूर् सम्म पनि दीर्घकालिन शान्तिको कुनै सँकेत म चाहि देखिरहेको छैन।नेपालको शान्तिको लागि कुनै न कुनै पक्ष्यले आफ्नो अडानमा परिवर्तन ल्याउनु पर्ने देखिन्छ। आज कम्युनिस्टहरु गणतन्त्र चाहिरहेका छन,काङ्रेसलाइ थाहा छैन उस्लाइ के चाहिएको छ,पन्चहरु राजा चाहन्छन् र त्यस्मा उनिहरुको आफ्नै स्वार्थ छ। अन्तरास्ट्रीय शक्ति बाम राज्य चाहदैन।राज लोकप्रीय छैनन।जनमत राजतन्त्रको पक्ष्यमा देखिने सम्भावना न्युन छ। तर २३७ वर्श देखि राज गद्धिमा बसेको शाहवँसले सजिलै विना रक्तपात गद्धि छोड्ला त?खै यो प्रस्श्नको उत्तर उनै राजा बाहेक कसलाइ थाहा होला र? तर हामि सबैले सोचे जस्तै टिठ लाग्दो जिन्दगि राजा किन बिताइरहेका छन् त? अहिले सरकारलाइ राज् परिवारको सम्पतिको विसयमा न निल्नु न वकल्नु पर्‍या बेलामा उनि आफै अगाडि बसेर राजा विरेन्द्रको सम्पत्ति सुकुमवासि,मुक्त कमैया र खाते बालकहरुका हीतमा प्रयोग गर्छु भनेर घोषणा गर्य भए अस्ति फाल्गुन् ७ मा,इन्लाइ कसैले बाजेको सेकुवा खान कसैले रोक्थ्यो त?कति जय जयकार हुन्थ्यो।२४ वटा कम्पनि को २०% सेयर आफुले राखेर बाँकि ८०% चाहि म रोल्पा,रुकुम जाजरकोटको विकाशमा खर्छ गर्छु भन्य भए प्रचन्ड जस्तालाइ देश जिम्मा लाउनु पर्थ्यो त? के गर्ने पैसा नै सब थोक देख्ने अनि बिचराको पछि को लाग्ने?
Read Full Discussion Thread for this article