Posted by: rakkshash February 27, 2007
के गर्छन होला त राजा दरबारमा बसेर?
Login in to Rate this Post:     0       ?        
...............................................के गर्छन होला त राजा दरबारमा बसेर? मैले सुने अनुसार औपचारीक बाहेक कहिले पनि राजा हरु अरुसङ बसेर ब्याक्तिगत र घरायसी कुरा गर्दैनन रे । गरुन पनि को सित? औपचारिक बाहेक छोरा र श्रीमती सङ् त भेट हुदैन भन्छन ।हुन त एक प्रकारले काल कोठरी नै हो दरबार , औपचारिक बाहेक न त कोही सङ बोल्न पाइन्छ न त मन का कुरा हृदय खोलेर गर्न नै पाइन्छ । तपाइ हामीलाइ आफ्ना कुरा एकछिन सुनाउन नपाउदा त छटपटी हुन्छ , सधै एक्लै , गुमसुम बस्नुपर्दा औडाहा नै हुदो हो राजालाइ। स्वतन्त्र र ब्याक्तीगत जिवन नहुदा कस्तो हुदो हो? त्यही भएर होला (कुण्ठा) बेला न कुबेला बोलेका राजाले । राजाले कुरा पनी को सित के गर्ने? “भात खायौ? सन्चै छ? वा जाउन यार यसो बानेश्वर वा खसि बजार तिर म:म: खान / कुमारीमा त सलामे-इश्क चल्दैछ रे, जाउन हेर्न ” भन्न मिलेन । अनि बिचरा राजा बोल्न नपाउदा को पिडा र औडाहा उनलाइ जती अरु कस्लाइ थाहा होला? त्यै भएर मलाइ भने राजालाइ एउटा सल्लाह दिन मन लाग्यो ।” ब्लग लेख्ने सल्लाह ” खोइ राजालाइ यो ब्लग वा ब्लगिङ को बारेमा त्यत्ती थाहा छ कि छैन? तर थाहा नभए पनि केहि छैन , UWB का उज्जल जी हुनुहुन्छ सहयोग गर्न तयार ।................................. ..........................प्याच्च (फागुण ७) जस्तो जे पायो त्यही पो बोल्न पाइदैन त ! मनका कुरा त भन्न पाइन्छ नि गाठे !! आखिर ब्लग के का लागी?अब राजालाइ ब्लग लेख्न के को आइतबार नि फेरि? दरबारमा अरुको जस्तो लोडसेडिङ हुदैन होला? भएपनि जेनेरेटर हुदै होला । नेटको समस्या पनि छैन् होला? भएपनि आजकल नेपालमा नेट सजिलै पाइन्छ । बरु ल्यापटप मा टाइप गर्ने के डेस्कटपमा, त्रिभुवन सदनमा बसेर गर्ने कि महेन्द्र सदन (दरबारमा यस्ता सदन छन रे भनेको सुनेको खोइ? ) अथवा नागार्जुन डाडाको एकान्तमा बसेर गर्ने हो की? वर्ड प्रेस मा सुरु गर्ने कि ब्लगस्पटमा , वा नेपाली मा लेख्ने कि अंग्रेजी मा आगे आफ्नै मर्जी ! साभार www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article