Posted by: MR_TRUTH February 27, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
राहुलजी, म कुनै बादी होइन र बिबाद पनि गर्न चाहदिन त्यसैले यस्लाइ बिचार मात्र लिनु होला | मैले ०७ साल पाछिको कुरा पिरेजिको राजाबादि हुने सन्दर्भमा नै ल्याएको हुँ |तपाइलाइ दुइथरिको किताबहरु पढेर भ्रम बढेको मात्रै हो तर सत्य कुरा त सत्य नै हुन्छ|बरु फटाह गणेशमानलाइ बिस्वास गर्नु भन्दा बुढापाकाहरुलाइ नै सोध्ने हो कि? अझै पनि बेर भएको छैन | आज देशको गोलमाल देखेर यि देशि मात्र होइनन बिदेशमा शिक्षित ब्यक्तिहरु पनि किन राजाको समर्थन किन गर्दै छन्? के यि सबैलाइ मण्डले को तोक्मा मात्रै दिने कि राजनैतिक करतुतको सहि बिश्लेशण् पनि गर्ने? जसरि आज निरकुन्श राजा नै ठिक भन्ने भावना ( क्षणिक नै किन नहोस्) उर्लेको छ ०७ साल पछिको दलहरुको बाझमबाझ र रास्ट्र्को हित बिपरित कार्य र सम्झौता भए पछिको "यि नेताहरु सबै फटाहा हुन राजा नै ठीक" भन्ने लहर को तुलना मात्रै गर्या हुँ समर्थन गर्या होइन |अब होइन त्यसतो लहर नै थिएन भन्नु चै बि पि र गणेशमान को च््स्मा लगाएर ईतिहास पढ्नु मात्रै हो |ईतिहास फेरी दोहरिएको छ हामी अगाडि अनि हामि सबैको निष्कर्श बहुमत एउटै छ, नेताहरुको नपुन्सकता माथि (शायद ५० बर्ष पछि गिरिजा,माकुने प्रचन्डे ले ढाट्लान पक्कै पनि)| २०६१ साल मा ज्ञानेको समर्थन त देखियो भने १७ साल मा त्यो हुँदै भएन भन्नु सत्यलाइ तितो भनेर फयाक्नु मात्रै हो |निरकुन्स राजाहरुको गोटी जनताको उरलदो लहर् अनुसार नै चल्छ ०१७,०३६,०४७,०६३ देखिहाल्नु भो, नेताहरु चाँही बिदेशिहरुको सिद्दान्त च्यापेर व्याबहारिक जनताको लहर लाइ पछैदिन्छन्, चुक्छन्, फरक त्यती हो| वाह ! त्यो सगरमाथाको छिन फाट बि पि प्रधानमन्त्री भएकै बेला होइन? यदि महेन्द्रले छाप लगाएर बेच्या भए उहा पनि नपुन्सक नेता नै हुनुहुन्थ्यो | अनि त्यो हष्ताक्ष र गर्ने बि पि हुन कि महेन्द्र? पुरानो खाता पल्टाउन जरुरी छ । "मेरो संसार" त रक्तकुन्ड लाई नै ईतिहास ठान्छन तय्स्तोको पनि भरोसा गर्ने? "भारत हाम्रो भाई चाइना हाम्रो मित्र" जस्तो अदुर्शी वाक्य मैले भन्या होइन त्यो त भारत को नेहारु, चन्द्रशेखर लाइ खुशी तुल्याउन तत्कालीन नेता ले नै भन्या हुन । अनि गण्डकीको सम्झता राष्ट्रघाती होइन? पत्यार नगर्नेलाई टनकपुर को उदारहन ले नै ईतिहास दोहर्याइदियो नि।छाडि दिउ यि कुराहरु, भर्खर् पलायेको प्रजातन्रलाइ छाडि आपसि काटमार् को द्वन्द राष्ट्रघात् होइन? भारतको निती सिक्किम खाए पछि नै प्रष्ट छ अब नेपाललाइ पनि उदारहन बनाएर ईतिहास दोहर्याउने? जब सम्म यो ठुलो हात्ती छेउमा हुन्छ तब सम्म नेपालको भलो कहिल्यै हुँदैन, लाचार भएर देश बुझाओस् भन्ने दाउ मात्रै हो । ०४७ साल पछि को नेताहरुको कुर्सिको लागि द्वन्द के नेपालका लागि राष्ट्रघा त सिद्ध भएन? या यो सपना मात्रै हो? झँडै ज्ञानेले अर्को ३० बर्ष लाद्देको ! २)त्यो रिजने बल डाउब्ट लाइ कसरी ठोस् प्रमाण मान्ने? छ्क्कै लागदो । हो ति अतिबादी हिन्दूहरुले हिन्दूवत्त को कारण देखाएर फेरी चम्चागिरिको थालनी या भाड्भैलो शुरु गरे होलान्, ज्ञाने पनि मुश्कुराय होलान तर यो उन्कै रणनिती हो भनि बिश्वास कसरी गर्ने? किनभने यसमा थुप्रै खोट हरु छन राम्ररी बिश्लेशन गर्ने हो भने | म पनि गलत हुन सक्छु तर यती छिट्टै पत्याउनु चाँही त्यो नेपाली पत्रमा "पद्म्कन्या को शेफ्टी टैँक साफ गर्दा भन्टै भन्टा पाइयो" भन्ने खबर लाइ साँचो मान्नु जती नै हो भन्ने मेरो भनाइ हो, तपाईंलाइ कोठे पत्रकारिता गरेको आरोप होइन । ज्ञानेबाट केही न केही चालको प्रतिक्ष्या गर्नुहोस्, बिश्लेशण अनि पो सत्य हुन्छ, खाली भरते र उपेन्द्रको एकैसाथ् कारण दिदैमा एक तर्फी सत्य सत्य त हुँदैन नि! फेरि अर्को तर्फ प्रमाण् नपाये त्यसैलाइ नै सत्त्य मानिदिने? गजब् छ बा! अब त्यो ज्ञाने चुपो लागेर बस्दा भित्र भित्रै षड्यन्त्र रच्दै छन रे अनि ०७ गते बोल्दा किन बोलिस् रे? फेरी हिन्दूवत्तको फिलङो देख्नुभो भाषणमा? मर्ने बाघले टोक्न डरौदैन भन्छन्, त्यो गजब्को मौका थियो उन्का लागि । मेरो यि अभिब्यक्ती ज्ञानेको समर्थन को लागि होइन, खाली यि हुती हरा नेताहरुको पर्दाफास् गर्नुको लागि नै हो, तर यि नपुन्सक हरु अर्कालाइ अचानो बनाउन पाए सम्म सत्ताको लागि जे पनि गर्छन चाहे राष्ट्र को हित मै किन आंच न आओस् ! जुन बाद बादी ले देश चलाओस, मलाई मतलब छैन तर सिक्किम्को उदारहण लाइ नबुझ्ने अदुर्शी नेता हरु देखेर चाँही रन्को उठछ । किनभने मलाई भारतीय हुनु पटकै मन छैन, तपाईंलाइ पनि पक्कै ।
Read Full Discussion Thread for this article