Posted by: sano_kanchha February 26, 2007
यसरी भएछन् ज्ञानेन्द्र भुपित
Login in to Rate this Post:     0       ?        
आजको सोमवार फेरी स्वतन्त्रताप्रेमि नेपालीका लागि एक गुलियो खवर बोकेर आएको छ । भुपतिका रुपमा परिचित गरिव नेपालीका धनि राजाका रुपमा रहेका राजा ज्ञानेन्द्रले राजा भएपछि पाएको सम्पत्ति राष्ट्रियकरण गर्न र स्वर्गिय राजा विरेन्द्र र उनका परिवारको नाममा रहेको सम्पत्ति ट्रष्ट बनाएर राख्नका लागि आज सरकारले समिति गठन गरेको छ । समितिका होनाहार महानुभावहरुमा लिडर गोपालमान श्रेष्ठ उनका सहयोगिहरुमा एमालेका मन्त्री धर्मनाथ शाह र कांग्रेसी मन्त्री दिलेन्द्रप्रसाद वडु छन् । यस अगाडि राजाको सम्पत्ति कहां कत्ति रहेछ भनेर दुइ कम्रेडहरुले ज्यान फालेर खोजेका थिए । एक थिए सार्वजनिक लेखा समितिका संयोजक चित्रबहादुर केसि अनी अर्का प्राकृतिक स्रोत साधन समितिका संयोजक प्रकाश ज्वाला । केसिले दरवारलाई चारवटा पत्र पठाउने बाहेक अन्य केही गर्न सकेनन् । तर ज्यावालाले भने ज्वालारुप नै धारण गरेर कमसेकम ४३ जिल्लाको विवरण जनताका माझ ल्याइदिएका थिए ।त्यो बेला नै जनताले थाहा पाए ज्ञानेन्द कत्तिका धनि रहेछन् भनेर । Newakot Darbar अहिले पुन मन्त्रीपरिषद्को निर्णयवाट चुनिएका तीनजनाको राजनीतिक हुत्ति हेर्ने हो भने केही गरेर खालान् भनेजस्तो मलाइ लाग्दैन । वडु कुरो बढि काम कम गर्ने ब्यक्तित्वका रुपमा परिचित छन्। शाहको बारेमा कमेन्ट नगरौ मैले त्यत्तिको संगल गर्न पाएको छैन । अनी श्रेष्ठको हुति पनि त्यही नै हो । त्यसैले उनीहरुले एक महिनामा केही गर्लान् भन्ने मैलेचांही आश गरेको छैन । Hanumandhoka Darbar दरवारको सम्पत्तिको खोजि गर्नु भनेको पहाड खन्नु बराबर हो । अहिलेको सरकारले विदेशमा राखेको को त के कुरा यही नेपालमा रहेको राजाको सम्पत्तिको विवरण तयार पार्न सक्यो भनेपनि त्यो ठुलो उपलब्धीको रुपमा हेर्नुपर्छ नै । आज मन्त्रीपरिषद्को निर्णय सुनेपछि दरवारको सम्पत्तिको विवरण खोज्दै पत्रिका मार्फत सार्वजनिक गर्न माहिर पत्रकार सुर्य थापासंग सम्पर्क राखेको थिए । उनले त ठाडै सरकारले फेरी अर्को नाटक गरेको टिप्पणि पो गर्छन् । अहिलेको ज्ञानेन्द्र कत्तिका धुर्त रहेछन् भने उनले हिजोको दिनमा राज्यले पाइसकेको दुइवटा दरवार समेत आफ्नो नाममा पारिसकेका रहेछन् । एउटा हो गोरखा दरवार अनी अर्को काठमाडौंको हनुमान दरवार । पहिला गोरखा दरवार गोरखा दरवार विकास समितिको नाममा थियो अहिले ज्ञानेन्द्रको नाममा छ अनी हनुमानढोका दरवार क्षेत्र पुरातत्व विभागको मातहतामा रहेको भएपनि अहिले त्यो ज्ञानेन्द्रको नाममा नै सरेको छ रे । Gokarna Golf resort अहिलेसम्म ज्ञानेन्द्रमाथि दाइको खलम मारेर राजा भएको आरोप लागि नै रहेको छ । जेठ १९ २०५८ को नारायणहिटी रक्तकाण्डसंगै ३५ रोपनीवाट एकाएक ६२ हजार रोपनी जग्गाको मालिन बन्न पुगेका ज्ञानेन्द्रको चाला हेर्दा उनीमाथि लागेको दाइमाराको आरोप त्यसै हो भन्ने आधार छैन । राजा हुनु अगाडि काठमाडौंको महाराजगन्जमा रहेको निर्मल निवासले चर्चेको ३५ रोपनी जग्गामात्र ज्ञानेन्द्रको नाममा थियो । दरवारहत्याकाण्ड पछि त उनी मुलुकभरका गरी करिव ६२ हजार रोपनीका मालिक त बने नै नेपालका देखिएको केही व्यावापारिक फर्ममा रहेको उनको लगानी नै करिव १५ अर्ब छ रे । अहिले विरेन्द्रको नाममा केवल काठमाडौंको गोकर्णमा रहेको ३२ सय रोपनी मात्र हो रे । त्यो पनि गल्फ रिसोर्टका लागि िसंगापुरको कम्पनिलाइ मासिक एक करोडमा भाडा दिएकाले नामसारी गर्न नसकेको रहेछन् । त्यो बाहेक विरेन्द्र र उनका परिवारको सबै सम्पत्ति ज्ञानेन्द्र र उनको परिवारको नाममा सरिसकेको विवरण यस अगाडि नै सार्वजनिक भएको हो । अझ त्यो नारायणहिटी दरवारको पनि कहानी राम्रै रहेछ । त्यो २०२४ सालमा पाचायतका पिता राजा महेन्द्रले सरकारलाइ नौ करोडमा विकि्र गरेका थिए रे । तर अहिले त्यो पनि श्री ५ महाराजधिराजको नाममा लालपुर्जा छ रे । यस्तो अवस्थामा श्रेष्ठ समितिले कसरी काम गर्ने हो त्यो हेर्न लायक नै हुनेछ । ज्ञानेन्द्रको नामको कत्ति सम्पत्ति राष्ट्रियकरणमा पर्ने हो अनी कत्तिचांही विरेन्द्रको सम्प्पत्तिको ट्रष्ट बन्ने हो त्यो सबैको कौतुहलताको कुरा हुने नै भयो । भनिन्छ स्वदेशमा भन्दा ज्ञानेन्द्रको सम्पत्ति विदेशमा नै बढि छ । त्यो मात्र हैन स्वर्यि रानी ऐश्वर्याको नाममा स्वीस बैंकका अर्बौको सम्पत्ति रहेको पनि चर्चा चलेको हो । यो पनि हेरौ के के हुन्छ । copy from hamroblog
Read Full Discussion Thread for this article