Posted by: Gautam B. February 26, 2007
San dai! Please do sth.! This is too much!
Login in to Rate this Post:     0       ?        
मेरो लागि साझा मेरो दैनिकिको एक भाग हो। ईण्टरनेटमा बिताउने समयको धेरै भाग म साझामै बिताउँछु। यहाँ मैले असाध्यै धेरै साथीहरु बनाएको छु, सुख-दु:ख बाँडेको छु; यहाँका धागाहरु पढेर आफ्नो ज्ञानको क्षितिजलाई अलि फराकिलो बनाएको छु। मेरो लागि (र अरु धेरैको लागि) साझा 'नेपाल बाहिरको नेपाल' हो। यसैले म साझालाई असाध्यै माया गर्छु, नेपाललाई जत्तिकै माया गर्छु। तर अचेल साझा लाजमर्दो भएको छ। अत्यन्त अभद्र भाषामा गाली-गलौज हुन्छन्। घरमा बसेर त साझा हेर्नै नसकिने भएको छ। कसैसंग रिस उठ्दा उस्लाई गाली गर्नु सामान्य होला, तर साझा त त्यो सम्बन्धित मान्छेले मात्र त हेर्दैन! उसैलाई मेल गरे भईहाल्यो नि! फेरि कसैमाथिको रिस उस्की विचरा निर्दोष आमा माथि किन पोखिन्छ (42344 नं को धागो) ?! यो कस्तो गिरेको स्तर हो?! अरु कसैकी आमालाई सम्मान गर्न नजान्नेले आफ्नी आमालाई पनि सम्मान गर्दैन! सान दाइ, केहि गर्न सकिन्न यस्ता धागाहरुलाई? हुनत ईण्टरनेटको असीमित स्वतन्त्रतामा बन्देज लगाउने कुरा गरेको जस्तो लाग्छ होला, तर के स्वतन्त्रता छ भन्दैमा विक्षिप्तताको हदसम्मै स्वतन्त्रता दिन सकिन्छ र? त्यो त छाडापन भएन र? अनि हामीले अबबाट घरमा बसेर साझा हेर्न नपाउने त?
Read Full Discussion Thread for this article