Posted by: thopa February 25, 2007
let u know
Login in to Rate this Post:     0       ?        
ँधेरै हतियार जले, कयौं खोलाले बगाए’ अमृता अनमोल बुटवल, वैशाख १ - माओवादी अध्यक्ष प्रचण्डले अधिकांश हतियार आगोमा जलेको र खोलाले बगाएकाले छापामार बराबर हतियार संख्या हुन नसकेको बताएका छन् । 'हामीलाई हतियार लुकाएको आरोप शतप्रतिशत गलत हो,' आइतबार यहा“ आयोजित पत्रकार भेटघाटमा उनले भने- 'सुरक्षाकर्मीबाट कब्जा गरिराखेका धेरैमध्ये कयौं हतियार सेनाले गाउ“का घरहरूमा आगो लगाउ“दा जले, कयौं डुंगा तर्दा खोलामा बगे, केही कामै नलाग्ने भए ।' माओवादीले सबै हतियार दर्ता नगरेको भन्ने टिप्पणीलाई गलत प्रचार भन्दै प्रचण्डले व्रि्रोहीका सेना र हतियार संख्या कहीं पनि बराबर नहुने दाबी गरे । 'नया“ नेपाल निर्माणमा जुटेका माओवादीलाई हतियार लुकाए भन्नु' संविधानसभा विरोधीहरूको षड्यन्त्र भएको उनले बताए । 'छापामारस“ग ग्रिनेट र ठूलो संख्यामा बम थिए । त्यसैको सहायताले युद्ध गरेका थियौं,' उनले भने- 'तर राष्ट्रसंघले ग्रिनेटलाई हतियार नै मानेन । त्यसैले हाम्रा सैनिकभन्दा हतियार संख्या थोरै देखिएका हुन् ।' एक साताभित्रै माओवादीसहितको अन्तरिम सरकार बन्ने पनि उनले बताए । 'बिहान मात्रै यसबारे गृहमन्त्रीस“ग फोन वार्ता भएको थियो । कुनै अनर्थ नभए यसै साताभित्र पर्ूण्ा सरकार बन्छ,' उनले भने । अन्तरिम सरकारमा सूचना तथा सञ्चार मन्त्रालय माओवादीले लिने र मिडियामा विदेशी लगानी रोक्ने पनि उनले बताए । 'हामी विदेशी लगानीका मिडियाबाट धेरै पीडित भएका छौं । त्यसैले मिडियामा विदेशी लगानी हुनु हु“दैन भन्ने ठहर गरेका हांै,' उनले भने- 'नया“ नेपाल निर्माण तथा गणतन्त्रलाई संस्थागत गर्न पत्रकार मुलुकलाई आवश्यक छ । तर मिडियामा विदेशी लगानीको जरुरी छैन ।' मधेस र जनजातिका नाममा अहिले चलेको हिंसा सामन्तवादको चलखेल हो भन्दै उनले जनजाति र मधेसी समुदायलाई सजग हुन पनि आग्रह गरे । kantipuronline.com
Read Full Discussion Thread for this article