Posted by: pire February 24, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
आज जति म कहिल्यै डिप्रेस्ड भएको छैन भन्दा हुन्छ। माओबादिले यता एमालेलाई भकुरे रे, उता जनजातिलाई, झन उता त्यो उपेन्द्र यादवकोलाई, हरे के को गुण्डागर्दि हो? अब मधेसीहरु र जनजातीको नेताहरु पनि राजा रहिञ्जेल यिनिहरु कानमा तेल थापेर बसे, कसैले केहि लछरेको हैन, कसको के इतिहास हो भन्ने पनि मलाई थाहा छैन। आज सबैलाई चक्काजाम गर्न पर्ने, स्कुल बन्द गर्न पर्ने, आन्दोलन गर्न पर्ने। अनि हाम्रा नेताहरु हेर्नुस, युनिभर्सिटिमा कुलपति पनि पार्टीको मान्छे राख्ने रे प्रभु। यस्तो गाइजात्र हेर्नु अघि बरु म मरेको भए नि हुने जस्तो लाग्छ। किन भन्दा अब मैले पनि मेरो लोयाल्टी शिफ्ट गर्ने बिचार गरेको छु।अब प्लिज यो मधेसीहरुलाई मधेस (भनेर त्यो नौ दस वटा जिल्ला ) छुट्ट्याइदिम। स्वतन्त्र राज्य भने स्वतन्त्र राज्य सहि। नेपालमा भएर नि हामी सिधासाधालाई कौन सा खुल्क्या'थ्यो र? डोको नाम्लो नगरी खान नपाउने जनता देश भरि छन, त्यो मधेस हाम्रो भएर के नभएर के। बरु नभए त कमसेकम मात्रीका, गोइत, ज्वाला, उपेन्द्र आफैआफै लडेको र मारकाट गरेको खबर त सुन्न पर्थेन। त्यो बिरगञ्ज त झन इन्डियाको जेलमा बसेको गुण्डाले चलाएको शहर। प्लिज लैजाउ र तिमिहरु आफै चलाउने हो कि लालु सँग मिलेर चलाउने हो चलाउ। प्रजातन्त्र नपचेको हरुलाई के भन्ने त? अनि, हाम्रा नेता हरु लाई पनि प्रजातन्त्र नपचेको। उनैका सन्तानलाई ठुलो पोस्ट चाहिने रे। के फौजी कार्बाही गर्ने शहर आन्दोलन गर्ने भन्दै भुक्दै हिड्न पर्‍याछ त्यो माओबादिहरुलाई। भोलि हाम्रो धन सम्पति को रक्षा नहुने, हाम्रा छोरछोरिलाई पढाउनेकुरो अठारौँ सताब्दिको सिद्धान्त हुने, सबैले प्रचण्डलाई लाल सलाम गर्न पर्ने हो भने त्यो भन्दा त बरु ज्ञाने ठिक हैन? त्यो सालाको पुर्पुरोमा तिन तिन पटक राजा हुन लेखेको जस्तो छ, खाओस। मैले कहिल्यै राजाको सपोर्ट गरेको थिइनँ, आज बिहान सम्म पनि रिपब्लिकन थिएँ, तर आजको न्युज पढेपछि मेरो सबै उल्लास हरायो। नेताहरु, प्लिज कि शान्ति ल्याउ, निर्वाचन समयमा गराउ, विश्वविद्यालय हरु राम्रो बनाउ, सबै ठाउलाई आफ्नो भर्ति केन्द्र नबनाउ, नत्र आमाको कसम, मैले ज्ञानेलाई भोट हाल्छु। म तिमेर्को कमारो त हैन नि। त्यो सालाको पुर्खाले आर्ज्याको मुलुक हो भन्थ्यो, खाओस।
Read Full Discussion Thread for this article