Posted by: panas February 24, 2007
nepali Jokes (हर्केले उल्लू बनायो)
Login in to Rate this Post:     0       ?        
हर्के को यात्रा हर्के नुवाकोट बाट काठमाडौं तर्फ आउँदै थियो, उस्लाई गल्छि मा ओर्लिनु थियो, दुई दिन देखि नसुतेको कारण साह्रै थाकेको थियो, त्यसैले बस को कुनै ब्यक्ती लाइ उस्ले ५० रुपैया दिएर उठाइदिन अनुरोध गर्‍यो र सुत्यो । सन्जोगबस् जो ब्यक्ती लाइ उसले पैसा दिएको थियो, ऊ हजाम परेछ, यती सजिलो काम को लागि ५० रुपैया पाउदा उसलाइ खुशी लाग्यो र हर्के को लामो दारी देखेर ऊ निदाएको बेला सफा पारी काटिदियो । त्यस मान्छेले हर्के लाइ गल्छि मा उठाइदियो, घर पुगेर हर्केले जब मुख धोयो र ऐना हेर्यो,अनी मुर्मुरिदै चिच्यायो, उसकी श्रीमतीले के भयो भनि सोध्दा हर्के भन्छ- "त्यो बेइमान मान्छेले म सँग ५० रुपैया लिई अर्कै मान्छे लाइ पो उठाईदिए छ”
Read Full Discussion Thread for this article