Posted by: Rahuldai February 23, 2007
disgusting...
Login in to Rate this Post:     0       ?        
कुरो सही हो र पनि सही होइन । नेपाली भएर नेपाली मा बोल्नु पर्दछ । सही हो । शंका छैन । तर बिरोध को लागि मात्र किन बिरोध गर्ने? साझा का पोस्टिङ हरु हेर्नुस्, ८०% भन्दा बढी अंग्रेजी मा छन्, किन? नेपाली न जान्ने नेपाली त पक्कै छैनन । अंग्रेजी जानेको छ भनेर अंग्रेजीमा लेख्न हुने कसैले हिन्दी जानेको छ,हिन्दी मा बोल्यो । के पोल्यो? अंग्रेजी फेरि अन्तर्राष्टृय भाषा भन्नु हुन्छ होला। संसार् को सबै भन्दा बढि देशमा आधिकारिक भाषाको रुपमा स्पेनिश् बोलिन्छ। जनसंख्या को आधार् मा चाइनिज् र हिन्दि बोलिन्छ। हो, भारत् को कुदृष्टि नेपाल् माथि सधै छ। तर हामी कत्तिको खोक्रो आडम्बर् मा बाचेका छौ भने हिन्दी को चर्को बिरोधमा भाषण् गरेर घर् पुग्नासाथ् भारतीय टेलि शिरियल हेर्छौ । सिनेमा खोजी खोजी हेर्छौ । कुनै पनि दोस्रो तेस्रो भाषा जान्नु आँफै न राम्रो होइन । आफ्नो भाषा को अत्याधिक प्रयोग गर्नु अति उत्तम । त्यो त नेता गणमा झन लागु हुन्छ । त्यसको अर्थ हामी ले जे गरे नि हुन्छ भनेको चाँही होइन होला । नेपाली मा पोस्ट गरौं ।
Read Full Discussion Thread for this article