Posted by: Hary in FedEx February 23, 2007
साझाका माओवादिका बारेमा...
Login in to Rate this Post:     0       ?        
कम्युनिष्ट समर्थकहरुले नेपाललाइ " रिपब्लिकन" घोषणा गर्नुपर्ने र राजाबादिहरुले राजाराख्नुपर्ने तर्कराख्नु कुनै नौलो कुरा होइन ! यस बिषयमा साझामापनि धेरै बहस भयका छन !तर अचम्मलाग्दो एउटा पक्षचाहि के छ भने जो राजाको समर्थक होइन र नेपालमा राजाको आवश्यकता छैन भन्ने कुरामा तर्क राख्दछ उल्लाइ साझामा भयका राजाबादिहरुले या त माओबादि या "टेरोरिष्ट"को उपाधि दियका हुन्छन ! साझामा र माइसन्सार डटकमका केहि आर्टिकल मा मैले दियका केहि कमेन्टहरुलाइ लाइ लियर साझामा भयका राजावादिहरुले मलाइ "माओवादि"को पद दियका रहेछन ! यि राजावादि महाशय जल्ले मलाइ "माओवादि को पद दिनु भयो उहाँहरु यसप्रकार हुनुहुन्छ - 1. Real me 1 2. The Royalist 3. HoustnGuru 4. Subhachintak 1 5. jaihindu 6. captain crash 7. Mailo Bhai मलाइ यि राजावादिको धम्किले कुनै कपाल हल्लाउने काम नभयपनि ,राजालाइ बचाउनलाइ आ-आफ्नो ठाउँबाट साझामा महत्तोपुर्ण योगदान दिइरहेका यि बन्धुहरुको बडो कमजोर मानसिकता देखेर केहि सुझाव प्रदान गर्ने मन लागेको छ !कसैले तिम्रो सिद्दान्तलाइ मान्दैन भने त्यो ब्यक्तिलाइ कुनै अर्थहिन उपाधि दियर आफै कमजोर देखिनु भन्दा बरु "किन तिम्रो सिद्दान्त उचित छ " भन्ने कुरामा तर्कपुर्ण जवाफ दियमा सायद बल्ल मान्छेहरुले बुझ्नेछन ! माओवादि को आरोपमा भैरवगणमा मैलेपनि ४१ वोटा कष्टपुर्ण,अवर्णनिय यातनापुर्ण दिनहरु बितायको छु ,सायद मलाइ त्यहाँ भोगेको र देखेको भयावह कारणले राजा र राजसन्स्था नचाहियको हुनसक्छ ! तर यहाँ आफ्नो बिचार राख्दा राजाका दुतहरुले "माओबादि"को आरोप लगाय,यस्मा मलाइ कुनै आपत्ति छैन तर नमिठो हाँसो उठ्दो कुरा त "The RoyaList " ko IP address पत्ता लगायर "Growing New Terrorist"सँग डिल गर्ने कुरा र "SuBhaChintak 1" को "Maoist on Sajha"भन्ने थ्रेड पढदा पो लागेओ पो बा ! भैरवगणमा तिमिहरुका राजाबाट माओवादिको झुटो आरोपमा म्रितुसरह यातना पायर त आफ्नो बिचार राख्न रोकियन,अब साझामा भयका राजावादिहरुसित सोध्नुपर्नेहोला बिचार राख्नुअगाडि...फोहोरि जोक ! म राजावादिहरुलाइ के भन्न चाहन्छु भने ,समाजमा राजाका कारणले निर्दोष हुदाहुदैपनि असहय यातनाका शिकार भयेका म जस्ता लाखौ मान्छेहरु छन !तिनिहरुको आक्रोशलाइ जिस्काउने प्रयास कदापि नगर ! जुध्ने नै चाहना हो भने खुलारुपमा आउ..धम्किपुर्ण शब्दहरु कोरेर होइन ! मैले पहिलेनै मेरो इमेल ठेगाना सबै राजावादिहरुको (साझामा भयका मात्र)जान्कारिमा ल्याइसकेको छु !स्वागत छ - अस्वस्थ प्रतिक्रियाहरुलाइ प्रत्यक्ष रुपमानै चाहना हो भनेपनि नत्र मर्यादित ढङगले "राजाको आवश्यकताका"बारेमा लेख हरु को अपेक्षा गर्दछु- ज़ुध्ने नै हो भनेपनि वेलकम छ -'The Royalist" सँग त प्रत्यक्ष भेटने धोको त मलाइ पनि असाध्यै छ -हेरौ कत्तिको सफलता हात पर्छ, स्तरपनि मैले अन्त्यमा भन्नै पर्छ - अहिलेसम्मलाइ म माओवादि भयको छैन !पहिला यति पढाइ त पुरा गरौ त्यसपछि ,देशले मागेमा आफ्नो ठाउबाट दिने कुरा त छदैछ ! माथि उल्लेखित महाशयहरुका घ्रिणाबमन र धम्कि यहाँ छ -http://sajha.com/sajha/html/OpenThread.cfm? forum=2&ThreadID=42232 -------------------------------------------------------------------------------- TheRoyalist Posted on 02-23-07 9:19 AM Reply | Notify Admin edEx bhai terrorist ko IP with 1 day.
Read Full Discussion Thread for this article