Posted by: Nepe February 23, 2007
A New Royalist!
Login in to Rate this Post:     0       ?        
नेपालमा रिपब्लिकन आईडियाको क्रेडिट नेपेलाई ? लौ न कता कसले भनो, लौ न लौ देखाओ मलाई गाम्लेहरु, मलाई त उडुँ कि गुडँ भैसक्यो । ए पिरेबाबु, कति लम्बरको कुन रङको चश्मा लगाएर पढ्नुपर्ने हो, लौ न मेरा फुट्या आँखाले त कतै केइ देख्या भे मार्दिनु । नेपालमा पाईलो नहाली यही साझाको गल्लीमा ईगो र इडिओलजीको ज्वाईन्ट तान्दै बेलाबखत रामराज्यतन्त्रवादीहरुको गोदाई खाँदै बित्या जिन्दगी, ए गाँठे चिठ्ठै पर्‍या हो त मलाई ? तक्मै लाउन पाउने भएँ त मैले ? ए राता मकै । आइडिया साईडिया त तेस्तै हो, तर ईगो र क्रेडोको नशामा लठ्ठिएर रातबिरात सुरबेसुर भजन भने गाईया हो । अब बेसुराको सुर तालमै परेछ, क्यारम त नि । बहुलाउन भएन (कि बहुलाई सकियो पिरेबाबुले देखिस्या जस्तै ?) । भजनको कुरा आयो, एउटा भजन सुनाउन मन लाओ । हुन त यो अमेजिङको "सोSSS हाप्पी...फाईनली आई फाउन्ड" धागोको लागि ठीक हुन्थ्यो होला । तर यही टाँसे । आई डु डिजर्भ ए स्मल ईगो ट्रिप, डोन्ट आई ? तर भुलचुक लिनेदिने । Nepe भाग्य आफ्नै, निर्णय आफ्नै, लालमोहर पनि आफ्नै लेख्तैछौं जनता मालिक भएको तमसुक अब (नोभेम्बर ६, २००५)
Read Full Discussion Thread for this article