Posted by: sano_kanchha February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
लौ हेर के भाको यो गाम मा पुनि मुन्छे को त बर्षा लाउन थालिछ बा । होइन कस्ले भन्यो मुइले जरा मुनि फर्सि को जरा खोज्दै छ भनेर , भएको जरा पनि उखेल्दै छु । बिगार्ने काम पो अर्छु मैले । उपद्रया काम अर्छस भनेर भन्छन केरे गाम का मुन्छे ले पनि । राम्रो अर्छु भन्यो हुदैन के अर्नु त नहुनु भन्दा त बिउरेको पनि जाति नै हुन्छ के रे । अर्दा अर्दै बिउरियो भन्नु त पाइन्छ नि । होइन हो ठुल्कान्छि क्यानाम वोहेर इज सान्कान्छो तुडे भनेको चाहि के पर्यो । आज मेरो घर गुन्द्रुक पकाको छ खान आइज भनेको हो । ठिकै छ तेसो हो भने आज सुउरबार हाफट्याम मै भाएर आउछु के रे । अल्लि मिठो पकार राख है । मु त अल्लि दुब्लो पातलो मुन्छे परे , ज्यान लाउन परेको छ । मलाइ त बिर्खे दाइ ले त सान्कान्छा त्यो सहर तिर त्यो जिम कि जिन भन्ने जिनिस गएर फलाम का भाँडा उचाल्यो भने मोटाउछस रे भनेर भनेका त थिए कहिले सहराँ जान पाको पनि होइन , जाबो फलाम उचाल्न परे किन सहराँ जानु गाम मा नै फरुवा , कोदालो , बन्चरो , उचाल्छु । अनि दह्रो १ भारि घाँस दाउरा बोकेर पारि को खरभिर बाट घर आसि जिउ त लाउला नि । कि कसो त गाम्ले हो । ठुल्कान्छि आज त तिमी छिटो गैछौ स्कुल पनि आज त म एकलै पो भए। होइन यो ग्वाँचे पनि जरामुनि तिर हो कि के हो? कुन वडा तिर डेरा लिएका छौ हो तिमि ले । चित्रे लाइ मुरि मुरि बधाइ छ । कमेडि को लाइ । ल अहिले लाइ यति नै बाकि अर्को भारि लिएर आउदा। नमस्ते
Read Full Discussion Thread for this article