Posted by: Rahuldai February 22, 2007
Who dominates Nepal's Bureaucaracy ?
Login in to Rate this Post:     0       ?        
कान्तिपुर को त्यो जागिरेको कथा अर्धसत्य मात्र हो । यो राहुलभाइ नि जागिरे हो, त्यसैले यस्तो कहाँनीका नायक खलनायक हरु देखेको छु र भोगेको छु । जब बढुवा को सिस्टम नै ठीक छैन त अन्याय भयो भनेर के गर्ने । १२-१४ बर्ष नोकरि अबधि पुगे पछि प्राय जसो अधिकृतले कमाउने अंक बराबर् हुन्छ, अर्थात् ५० मा ४९ देखि ५० नै हुने हुन्छ। बाकी कार्य सम्पादन् मुल्यान्कनमा गडबड्, घटबढ् हुने हो। जब अंक बराबर् हुन्छ भने हाकिमको तजबीजले दिने अंकमा मनबिय झुकाव हुंदैन भन्न सकिन्न। नाताबाद् न राम्रो भए नि, त्यसलाई रोक्न सकिन्न। अंक को खेल् हो, सिनियर् जुनियर् को कुरा आउंदैन। त्यसैले मैले भने नि सिस्टम को खराबी हो। दलित् भएको ले बढुवामा पर्न सकिएना भन्ने कुरा अलि चित्त बुझ्दो भएन । हतास् मनस्थितिको अभिब्यक्ती जस्तो लाग्यो । मैले ३० बर्ष शाखा अधिकृत मै अबकास पाउने धेरै ब्राम्हण देखेको छु, नेवार त कति कति । म आँफै पनि नेवार हुं र शाखा अधिकृत जागिर खाएको १५-१६ बर्ष भयो । तर बढुवाको आशा पनि गरेको छुइन । चाकडी गर्ने, बृफकेश बुझाउने हरु बढुवा भए, यो सत्य हो । म भन्दा ८-१० बर्ष सिनियरहरु अझै बढुवाको सूचिमा परेका छैनन । सामान्य हिसाब गरौं न त । सामान्यतया शाखा अधिकृत र उप सचिब को अनुपात ५-१ को हुन्छ, उपसचिब र सहसचिब को पनि त्यस्ताइ हुन्छ । सह सचिब र सचिब को त झन त्यो भन्दा बढी हुन्छ । अब भन्नुस्, १ वटा उपसचिब खाली भयो भने घटिमा ५ जना शाखा अधिकृत योग्य हुन्छ, बाराबरी अंक बोकेक हुन्छन । ती मध्य १ जना बढुवा हुन्छन्, बाकी त सबै सडुवा हुने हो । त्यसैले लोकतान्त्र पछि(२०४७) सिधै खुल्ला प्रतिस्पर्धाबाट शाखा अधिकृतबाट उपसचिब अनि सह सचिब मा बढुवा हुन पाउने ब्यबस्था गरिएकोथ्यो, धेरैजना जसको दिमाग र कलम चल्छ सिधै लिखित परिक्षा दिएर माथि पुगे । अहिलेका प्राय जसो सचिब हरु लिखित परिक्षा बाट नै बढुवा भएका हुन । ज्ञाने को शाशन काल मा भएको त्यो झिनो आश पनि हटाइयो । अब कस्तो निजामती सेवा एन आउछ हेर्न बाकी छ । त्यसैले त्यो कान्तिपुर को लेख अतिरंजित लाग्यो, रोक्का जी दलित भएर भन्ने आरोप चाँही अपाच्य भयो । एक त प्राबिधिक सेवा मा सेवा क्षेत्र सीमित भएको ले बढुवा को अबसर नै कम हुने हुन्छ, दोस्रो पटक पटक को लिखित परिक्षामा उहाँले के गर्नु भयो । आफ्नो योग्यतामा बिश्वास र मेहनत गर्ने हरु त सफल भएका छन नै । अब त्यो कोडिङ गरेको लिखित परिक्षा मा नै धांधली भयो, लोक सेवा आयोगमा एक जना पनि दलित छैनन भन्नु हुन्छ भने मेरो केही लाग्दैन । अस्तु!
Read Full Discussion Thread for this article